back
CTIZAN AD

नेपालमा अन्तर्राष्ट्रिय साहित्य सम्मेलनको आयोजना,५० देशका सयभन्दा बढी सर्जक सहभागी हुने

वि.सं.२०७७ माघ ४ आइतवार

660 

shares

४ माघ, काठमाडौं । नेपाली साहित्यलाई विश्वमञ्चमा पुर्याउने उद्धेश्य अनुरुप काम गरिरहेको अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले नेपालमा अन्तर्राष्ट्रिय साहित्य सम्मेलन गर्ने भएको छ ।

अक्टोवर, २०२१ मा गरिने उक्त सम्मेलनमा विश्वका बिभिन्न मुलुकबाट पचास र नेपाली पचास लेखक कविसहित करिव सय जना सर्जकको सहभागिता रहने छ ।

सम्मेलनका लागि अनेसास केन्द्रीय कार्यसमितिको बैठकले साहित्यकार एलबी क्षेत्रीलाई संयोजक तोकेको छ । साहित्यकार क्षेत्री अनेसासका सल्लाहकार पनि हुन् । यसैगरी बैठकले अनेसास नेपाल च्याप्टरकी अध्यक्ष साहित्यकार सन्ध्या पहाडीलाई सदस्य सचिव चयन गरेको छ ।
सम्मेलनमा साहित्यिक कार्यक्रमका साथै नेपाली सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिने छ । कवि गोष्ठी, प्यानल डिस्कसन, कार्यपत्र प्रस्तुतलगायतका गतिविधिका साथमा विदेशी लेखकलाई नेपालका पर्यटकीय स्थलको भ्रमण गराइने छ ।

सम्मेलनलाई सफल पार्न मूल आयोजक समिति र विभिन्न तयारी उपसमितिहरू गठन गर्ने कार्य भइरहेको छ ।

सम्मेलन अनेसासको देखेको सपना मध्यको एक भएको बताउछन् अनेसास अध्यक्ष प्रकाश पौडेल माइला । उनी भन्छन् –
’नेपाली भाषा साहित्यका अतिरिक्त कला र संस्कृतिलाई समेतलाई अन्तर्राष्ट्रिय जगतसँग परिचित गराउने यो हाम्रो एक अभियान हो ।
धेरै अगाडिदेखिको अनेसासको सपना अव छिट्टै पूर हुने विश्वास छ ।’

वि.सं.२०७७ माघ ४ आइतवार १२:३५ मा प्रकाशित

साहित्यकार अधिकारीको ’रचना कुसुम’ विमोचन

साहित्यकार अधिकारीको ’रचना कुसुम’ विमोचन

घोराही, दाङ । राप्ती साहित्य परिषद् जिल्ला शाखा, दाङको आयोजनामा...

चारु

चारु

कल्पना मरासिनी भूमिकास्थान,अर्घाखाँची हाल : ललितपुर हिमाल हाँस्दा मोतीका दाना...

सुसेली : प्रकृति

सुसेली : प्रकृति

बिपी लामिछाने दमक, झापा १. राखौं भरेर प्रकृतिको मायामा रक्षा...

झिल्का कविता

झिल्का कविता

स्व. एवाइ प्रभात सहिदभूमि, धनकुटा १. देशको माया छोडेर विदेशीको...

गजल

गजल

राजेन्द्रकुमार वज्राचार्य कोटेश्वर , काठमाडौँ पीडा भयो मान्दा प्रथा, यस्तै...

गजल

गजल

विदुर अधिकारी,चितवन गाउँबाट नै आइयो सहर किन्तु मतलबी देखियो सहर...