back
CTIZAN AD

चीनको खानी भत्किएर पुरिएका श्रमिक छ दिनपछि जीवितै रहेको सङ्केत भेटियो

वि.सं.२०७७ माघ ५ सोमवार

750 

shares

५ माघ, बेइजिङ । पूर्वी चीनको भूमिगत खानीमा जनवरी १० मा फसेका २२ श्रमिक खानीभित्र जीवित नै रहेकोे लक्षण भेटिएको उद्धारकर्ताहरूलाई उद्धृत गरी चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

खानी भत्किएर पुरिएका उनीहरू एक हप्ता पछि खानीमा जीवित रहेका लक्षणहरू फेला परेका आइतबार उद्धारकर्ताहरूले बताएका हुन् । उनीहरूको उद्धारका लागि थप प्रयासहरू शुरु भएका चिनियाँ अधिकारीले बताएका छन् ।

खानीमा विस्फोट हुँदा बाहिर निस्किने भ¥याङ भत्किएका कारण उनीहरू खानीभित्र फसेका हुन् । खानीभित्र रहेका ती मजदूरसँग सम्पर्क भने गर्न सकिएको छैन । जमिनभित्रबाट कसैले ढकढकाएको आवाज आएको उद्धारकर्मीहरूले बताएका तर यो आवाज श्रमिकको नै हो भन्ने पुष्टि भने नभएको बताइएको छ ।

चीनको पूर्वी प्रान्त शान्दोङको किसिया सहर नजिकै रहेको सुन खानीमा रहेका उनीहरूलाई जीवितै उद्धार गर्ने आशा क्षीण बनेको समय उनीहरूमध्ये कोही जीवितै रहेको लक्षण भेटिएको खबरले श्रमिकका परिवार र आफन्तमा उनीहरू जीवित हुने आशा पलाएको छ ।

आइतवार दिउँसो उद्धारकर्मीहरूले खानीमा ‘ड्रिल’ गर्ने क्रममा ‘ढकढक्याइरहेका आवाजहरू’ सुनिएका सिन्ह्वा समाचार एजेन्सीले समाचारमा लेखेको छ । यद्यपि यसलाई पुष्टिकरणको आवश्यकता रहेको समाचारमा उल्लेख छ ।

स्थानीय अधिकारीहरूले खानीमा खाद्यान्न र टेलिफोन लाइनहरू पठाउने योजना बनाएका छन् । शान्दोङ इन्भेस्टमेन्ट कम्पनी लिमिटेडको स्वामित्वमा रहेको खानीमा दुर्घटना हुँदा श्रमिकले खानीलाई सुरक्षित पार्ने काम गरिरहेको बताइएको छ । विष्फोटनको विषयलाई लिएर खानीसँग जोडिएका दुई अधिकारीलाई बर्खास्त गरिएको छ ।   एएफपी

वि.सं.२०७७ माघ ५ सोमवार १२:५८ मा प्रकाशित

कतारका पूर्वराजा शेख खलिफाको निधन

कतारका पूर्वराजा शेख खलिफाको निधन

दोहा । कतारका पूर्व अमिर तथा वर्तमान राजा अमिर शेख...

नर्वेलाई हराउँदै इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

नर्वेलाई हराउँदै इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । इङल्यान्ड २–१ गोलले नर्वेलाई पराजित गर्दै फिफा विश्वकप...

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । बेल्जियमलाई पराजित गर्दै स्पेन फिफा विश्वकप–२०२६ को सेमिफाइनलमा...

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

काठमाडौंँ । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको गोलमा मोरक्कोलाई...

इरानद्धारा अमेरिकी आक्रमणको निन्दा, जवाफी कारबाहीको चेतावनी

इरानद्धारा अमेरिकी आक्रमणको निन्दा, जवाफी कारबाहीको चेतावनी

तेहरान ।  इरानले आफ्नो दक्षिणी तटीय क्षेत्रमा रहेका निगरानी तथा...

एन्थ्रोपिकको एआई कोडिङ उपकरणमा ‘सुरक्षा जोखिम’ रहेको चीनको चेतावनी

एन्थ्रोपिकको एआई कोडिङ उपकरणमा ‘सुरक्षा जोखिम’ रहेको चीनको चेतावनी

बेइजिङ ।   चीनको एक साइबर सुरक्षा निकायले अमेरिकी कृत्रिम बुद्धिमत्ता...