back
CTIZAN AD

ओली सरकारलाई योगेश भट्टराईको प्रश्न : कति किर्ते गर्छौ ?

वि.सं.२०७७ माघ ९ शुक्रवार

807 

shares

माघ ९, काठमाडौं । संसद विघटनबारे सर्वोच्चमा बहस चलिरहेका सरकारले एक पछि अर्को किर्ते काम गरेको छ । सरकारले कानूनी दायराभन्दा बाहिरबाट कामहरु गर्न थालेपछि अदालतभित्र मात्रै नभई सार्वजनिक रुपमा पनि आलोचना सुरु भएको छ ।

विभाजित नेकपाको प्रचण्ड–नेपाल पक्षका नेता योगेश भट्टराईले पनि सरकारको किर्ते काममाथि आलोचना गरेका छन् । उनले कति किर्ते काम गर्ने भनि प्रश्न उठाएका छन् ।

सामाजिक सञ्जालमार्फत सरकारका पछिल्ला किर्ते कामबारे बोल्दै उनले भनेका छन् – संबिधानको कुनैधारा उल्लेखनगरि बिघटनको चिट्ठी गयो, अदालतमा प्रश्न उठेपछि उक्त चिट्ठी गायबगरियो, अर्को चिट्ठी ल्याएर फायलमाराखियो, अनिफेरी अदालतमा प्रश्न उठ्यो प्रतिनिधिसभा बिघटनको सूचना राजपत्रमा खै ? हतार हतार पुरानो मितिमा छापेर राजपत्र ल्याएर फेरी फायलमा राखियो,किर्ते काम ?

शुक्रबार मात्रै सरकारले ३५ दिनपछि प्रतिनिधि सभा विघटनबारेको सूचना राजपत्रमा प्रकाशित गरेको थियो । तर, किर्ते गरि प्रकाशित सूचनामा सरकारले मिति भने पुरानै राखेकाे छ ।

यसअघि बिहिबारको सुनुवाईको क्रममा अधिवक्ताद्वय ओमप्रकाश अर्याल र टीकाराम भट्टराईले राजपत्रको सूचनाबारे प्रश्न उठाएका थिए । जसपश्चात सरकारले रातारात सूचना प्रकाशित गरि शुक्रबारको इजलासमा पेस गरेको थियो ।

याे पनि…

सरकारबाटै किर्ते, अदालतमा प्रश्न उठेपछि रातारात छापियो राजपत्रमा सूचना

वि.सं.२०७७ माघ ९ शुक्रवार १७:५१ मा प्रकाशित

सुस्तामा भारतीय हस्तक्षेपप्रति हर्कको कडा आपत्तिः रक्षामन्त्रीलाई संसदमा उभ्याउन रुलिङको माग

सुस्तामा भारतीय हस्तक्षेपप्रति हर्कको कडा आपत्तिः रक्षामन्त्रीलाई संसदमा उभ्याउन रुलिङको माग

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं संसदीय दलका नेता...

युनलाई थप ३० वर्ष जेल सजाय

युनलाई थप ३० वर्ष जेल सजाय

सियोल । उत्तर कोरियासँग तनाव चर्काउने उद्देश्यले सन् २०२४ मा...

इरान-अमेरिका सम्झौता अन्योलमा

इरान-अमेरिका सम्झौता अन्योलमा

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निकट दिनमा इरानसँग सम्झौता...

पाल्पाका किसान उन्नत जातका धान उत्पादनमा आकर्षित

पाल्पाका किसान उन्नत जातका धान उत्पादनमा आकर्षित

तानसेन (पाल्पा) । उन्नत जातका धान उत्पादनमा किसानहरुको आकर्षण बढेको...

लागुऔषधसहित ३३ जना पक्राउ

लागुऔषधसहित ३३ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले मुलुकका विभिन्न भागबाट...

पशुपालनका निम्ति गोठ निर्माण गर्न अनुदान

पशुपालनका निम्ति गोठ निर्माण गर्न अनुदान

मुग्लिन (चितवन) । चितवनको इच्छाकामना गाउँपालिकाले किसानलाई व्यावसायिक पशुपालनमा आकर्षित...