back
CTIZAN AD

भारत्तोलनका अन्तर्राष्ट्रिय खेलाडी कार्कीको निधन

वि.सं.२०७७ माघ ९ शुक्रवार

1.1K 

shares

९ माघ । विश्व च्याम्पियन भारत्तोलक रुप कार्कीको हृदयघातका कारण निधन भएको छ । भारत्तोलनका अन्तर्राष्ट्रिय नेपाली खेलाडी तथा विश्व च्याम्पियन कार्कीको ५२ वर्षको उमेरमा शुक्रबार निधन भएको हो ।

अमेरिकाको भर्जिनियामा बस्दै आएका वरिष्ठ पावर लिफ्टिंग (शक्तित्तोलन) का खेलाडी कार्की यही खेलको प्रशिक्षण गर्ने सिलसिलामा नेपालमा थिए । नेपालमा भारत्तोलनको तालिम सञ्चालन गरेर आगामी पुस्तालाई पनि विश्व च्याम्पियन स्तरमा पुर्याउने उद्देश्यले अमेरिकाबाट नेपाल फर्किएका कार्की खेलकूदकै सिलसिलामा बुटवल पुगेका थिए । त्यहाँ हृदयघात भएपछि काठमाडौं ल्याउने क्रममा उनको बाटोमै निधन भएको हो ।

नेपाल भैरहवा स्थायी घर भएका रुप कार्की अमेरिका पुगे देखि नै शक्तित्तोलनको नियमित प्रशिक्षणमा व्यस्त बन्ने गर्दथे भने अमेरिकाको अति व्यस्त दैनिकीबाट समय निकालेर विभिन्न प्रतियोगिताहरुमा सहभागी हुने गरेका थिए ।

भारत्तोलन खेलको माध्यमबाट पटक पटक स्वर्ण पदक प्राप्त गरिसकेका छन् । गतवर्ष कार्कीले पावर लिफ्टिंग प्रतियोगितामा एक स्वर्ण र एक रजत पदक प्राप्त गरेका थिए ।

२०७६ सालमा आयरल्याण्डको लाइमरिकमा चार दिनसम्म सञ्चालित अन्तर्राष्ट्रिय प्रतियोगितामा आफ्नो वजन समूह मास्टर २ मा स्वर्ण पदक जितेका थिए । यसअघि सन् २०१७ मा अमेरिकाको एट्लान्टामा भएको आफ्नो वजन र उमेर समूहमा उनले स्वर्ण पदक जितेका थिए । नेपालको खेल इतिहासमा यो खेलमा स्वर्ण पदक जित्ने सम्भवत उनी पहिलो नेपाली खेलाडी हुन् ।

वि.सं.२०७७ माघ ९ शुक्रवार १७:५५ मा प्रकाशित

एनआरएनए क्यानडाद्वारा टोरोन्टोकाे जबरजस्ती करणीसम्बन्धी घटनाबारे आधिकारिक धारणा सार्वजनिक

एनआरएनए क्यानडाद्वारा टोरोन्टोकाे जबरजस्ती करणीसम्बन्धी घटनाबारे आधिकारिक धारणा सार्वजनिक

काठमाडौं ।  गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाले गतवर्ष टोरोन्टोमा सार्वजनिक...

बेलायतमा नेपाली समुदायलाई सतर्क रहन एनआरएनए यूकेको आग्रह

बेलायतमा नेपाली समुदायलाई सतर्क रहन एनआरएनए यूकेको आग्रह

काठमाडौं। बेलायतका विभिन्न स्थान, विशेषगरी उत्तरी आयरल्याण्ड लगायतका क्षेत्रमा आप्रवासनसम्बन्धी...

एनसीसी कतारको विवादपछि एकता, महाधिवेशनको निर्वाचन खर्च छानबिन अध्ययनको जिम्मा सागर नेपाललाई

एनसीसी कतारको विवादपछि एकता, महाधिवेशनको निर्वाचन खर्च छानबिन अध्ययनको जिम्मा सागर नेपाललाई

गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) कतारको लामो...

नेपाली विद्यार्थी समाज टेक्सासको अध्यक्षमा राजकुमार गिरी

नेपाली विद्यार्थी समाज टेक्सासको अध्यक्षमा राजकुमार गिरी

एल पासो, टेक्सास।अमेरिकाको टेक्सासस्थित द युनिभर्सिटी अफ टेक्सास एट एल...

दोहामा नेपाली श्रमिकका लागि सचेतना कार्यक्रम सम्पन्न

दोहामा नेपाली श्रमिकका लागि सचेतना कार्यक्रम सम्पन्न

दोहा, कतार । दोहास्थित नेपाली राजदूतावासले नेपाली श्रमिकहरूका लागि सचेतना...

अफ्रिकामा कूटनीतिक उपस्थितिको निरन्तरताका लागि गम्भीर ध्यानाकर्षण

अफ्रिकामा कूटनीतिक उपस्थितिको निरन्तरताका लागि गम्भीर ध्यानाकर्षण

काठमाडौं । अफ्रिकी क्षेत्रमा नेपाली कुटनीतिक उपस्थितिको निरन्तरताका लागि गम्भीर...