back
CTIZAN AD

भजनीका किसानलाई चैते धानको बीउ निःशुल्क वितरण

वि.सं.२०७७ माघ १२ सोमवार

609 

shares

१२ माघ, टिकापुर । कैलालीको भजनी नगरपालिकाका किसानलाई १०० क्विन्टल चैते धानको बीउ निःशुल्क वितरण गरिएको छ । नगरपालिकाको १ देखि ९ वटै वडाका किसानलाई चैते धानको बीउ वितरण गरिएको हो ।

नगरका अधिकांश क्षेत्र डुबानका कारण बर्खे यामको धानबालीको उत्पादन लिन नपाउने भएकाले चैते धान खेतीबाट नागरिकको खाद्य सुरक्षा सुनिश्चित गर्न धानको बीउ वितरण गरेको नगरपालिका कृषि शाखाका प्रमुख कमल चौधरीले बताए ।

“यहाँ बर्सेनि बर्सातमा बाढी आउँछ, यहाँका किसानले बर्खे खेती गर्न सक्दैनन, त्यसैले चैते धानको बीउ वितरण गर्यौँ”, कृषि शाखा प्रमुख चौधरी भन्छन् । “यहाँ चैते धान राम्रो उत्पादन हुन्छ ।

हामीले धान खेती भनेपछि चैते धानलाई बढी प्रोत्साहन गर्छौं ।” उनले डुबान क्षेत्रका किसानलाई प्राथमिकतामा राखेर बीउ वितरण गरिएको जानकारी दिए ।

भजनी नगरपालिका र कृषि ज्ञान केन्द्र कैलालीको आर्थिक सहयोगमा २२२ हेक्टरमा पुग्ने गरी २८ कृषक समूह र व्यक्तिगतरूपमा गरी चैते धानको बीउ वितरण गरिएको छ ।

“किसानको मागका आधारमा बीउ वितरण गरिएको हो”, चौधरी भन्छन् । “चैते तीन र चैते पाँच जातको धानको बीउ नगरपालिकाले १५ क्विन्टल र कृषि ज्ञान केन्द्रको ८५ क्विन्टल किसानलाई उपलब्ध गरायौँ । यससँगै चैते धान खेतीमार्फत् उत्पादन बढाउन अन्य कार्यक्रमसमेत सञ्चालन गर्नेछौँ ।”

नगरपालिकामा किसानलाई प्रोत्साहन गर्न हरेक वर्ष चैते धान ब्लक प्रदर्शन, चैते धान मुख्यमन्त्री कृषि कार्यक्रमजस्ता कार्यक्रमसमेत सञ्चालन हुँदै आएका छन् ।

नगरपालिकामा करिब ४०० हेक्टरमा चैते धानखेती हुने गरेको छ । नगरपालिका चैते धान खेतीको लागि राम्रो र उर्बर क्षेत्र हो । यहाँका किसानले बर्सेनि चैते धान खेती गर्ने गरेका छन् ।

“बर्खे धान खेतीभन्दा राम्रो उत्पादन र बाढी ग्रसित क्षेत्रका लागि चैते धान खाद्य सुरक्षामा सहयोग पुग्ने भएकाले नगरपालिकाले चैते धान खेतीमा सहयोग गर्नुले यहाँका किसानलाई सजिलो भएको छ”, किसान सुन्दर चौधरी भन्छन् ।

“कृषिमा सरकारले लगानी बढाएको छ । भजनीमा बर्सेनि आउने बाढीका कारण खेतीयोग्य जमीन र बालीमा क्षति पुग्ने गरेको छ । यहाँका नदी तथा कटान हुने क्षेत्रमा स्थायी तटबन्ध गरी खेतीयोग्य जमीन बचाउनतर्फ ध्यान दिनुपर्छ ।”
रासस

वि.सं.२०७७ माघ १२ सोमवार ११:४७ मा प्रकाशित

बङ्गुरका पाठापाठी बिक्रीबाट मासिक रु ७० हजार आम्दानी

बङ्गुरका पाठापाठी बिक्रीबाट मासिक रु ७० हजार आम्दानी

गोदावरी (कैलाली) । गौरीगङ्गा नगरपालिका–१ की ३५ वर्षीया पूजा रावलले...

महेन्द्र राजमार्गको अतिक्रमित जमिन खाली गर्न आग्रह

महेन्द्र राजमार्गको अतिक्रमित जमिन खाली गर्न आग्रह

महेन्द्रनगर । यहाँस्थित स्वीकृति विना अस्थायी/स्थायी घरटहरा निर्माण गर्नेलाई सार्वजनिक...

रास्वपा बैतडीको सभापतिमा नाथ

रास्वपा बैतडीको सभापतिमा नाथ

दशरथचन्द (बैतडी) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बैतडीको सभापतिमा भीम...

अपिहिमाल सडक सञ्जालमा जोडियो, स्थानीयलाई दैनिकी सहज हुने आशा

अपिहिमाल सडक सञ्जालमा जोडियो, स्थानीयलाई दैनिकी सहज हुने आशा

दार्चुला, २३ जेठ – दार्चुलाको अपिहिमाल गाउँपालिका सडक सञ्जालमा जोडिएको छ।...

जनप्रतिनिधिसँग बालबालिकाका माग

जनप्रतिनिधिसँग बालबालिकाका माग

टीकापुर (कैलाली) । स्थानीय पालिकाका जनप्रतिनिधिसँग सबै बालबालिकाको गुणस्तरीय शिक्षामा...

गोबरबाट सजावटका सामग्री बनाउन तालिम

गोबरबाट सजावटका सामग्री बनाउन तालिम

कैलाली । गौशालाको गोबरबाट विभिन्न सामग्री उत्पादनसम्बन्धी सीपमूलक तथा आयआर्जनमूलक...