
नेपालको राजनीतिमा अहिले धमाधम किमोथेरीपी चलिरहेको छ । यो थेरापीले कि रोगी बॉच्छ तर जीवनभरि साईड ईफेक्टले दिक्दार बनाउने छ। कि रोगी मर्छ र सारा पिडा, पैसा सकिएर टन्टै साफ हुन्छ ।
उहिले यदु वंशीहरु अलिक तामाशी नै थिए । महाभारत युद्धमा पाण्डवले जिते । पाण्डव पक्षका रणनीतिज्ञ थिए कृष्ण । अब उनीहरु छोई नसक्नुका भए । जुझ्नु पर्ने विरोधी नभए पछि उनीहरु आफैमा एक अर्कालाई होच्याउन र काटामार गर्न थाले । अन्ततः यदुवंशीको सत्यनास भयो । स्वयम् कृष्णको एउटा सामान्य व्याधाले प्राण हरण गर्यो ।
लोकतन्त्र भनेको सत्ताधारी शासकको नाकमा जनताले हरघरि नत्थी लगाउन सक्नु हो। आवधिक चुनाव कुर्दै बस्ने र त्यसबीचमा १० गाउँ डुब्न दिने भॉडतन्त्र हुन्छ, लोकतन्त्र हैन।
यदुवंशीहरू एक आपसमै भिडेर गोदागोद गरेर नाश भएका हुन्। युग परिवर्तनको पूर्वसन्ध्यामा यस्तो हुने गर्छ।
क्प्राणघातक यान्सर रोग पर्खेर विस्तारै विस्तारै आफै निको हुने रोग हैन। क्यान्सरले शरीरभित्र ताण्डव नृत्य गर्न नदिन नियमित उपवास बस्ने र शाकाहारी भोजन गर्ने गर्नुपर्छ।
क्यान्सर सेल हामीभित्रकै अराजक आफन्त सेल हो, हॉडी घोप्टे सेल हो। जति खाए पनि पुग्दैन, यसले नर्मल सेल भन्दा २७ गुणा बढी पोषण खाईदिन्छ।
यसको उपचार भनेको रेडियोथेरीपी, किमोथेरापी र अहिले ईम्युनोथेरापी मात्र छ। यी तिनै वटा थेरापी अत्यधिक खर्चिलो र पिडादायक छन्। क्यान्सर मुक्त भए पनि साईड ईफेक्टको रणचन्डी नाचले जीवनभरि दिमाग नै चक्कराईदिन्छ, दिक्दार पार्छ ।
लोकतन्त्र भनेको सत्ताधारी शासकको नाकमा जनताले हरघरि नत्थी लगाउन सक्नु हो। आवधिक चुनाव कुर्दै बस्ने र त्यसबीचमा १० गाउँ डुब्न दिने भॉडतन्त्र हुन्छ, लोकतन्त्र हैन। क्यान्सरले राजगरेको लोकतन्त्र प्राणघातक हुन्छ। पराया भए पो घमासान लड्नु ! क्यान्सर त आफ्नै अंग र कोश हो।
शीलं परम भुषणम्। अर्थात्, चरित्र नै सबैभन्दा ठूलो आभुषण हो ।
बच के रहना ए बाबा बच के रहना ।
वि.सं.२०७७ माघ १२ सोमवार १२:०१ मा प्रकाशित






























