back
CTIZAN AD

निर्वाचन आयोगले अनावश्यक ढिलो गर्ने र आशंका पैदा गर्ने काम नगरोस्-प्रवक्ता नारायणकाजी श्रेष्ठ

वि.सं.२०७७ माघ १२ सोमवार

750 

shares

१२ माघ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले निर्वाचन आयोगले पार्टी आधिकारिकताका सम्बन्धमा आशंका पैदा गर्ने काम र निर्णय नगर्न आग्रह गरेका छन् ।

सोमबार प्रतिनिधिसभा विघटनका विरुद्ध संघर्षका थप कार्यक्रम घोषणा गर्ने क्रममा प्रवक्ता नारायणकाजी श्रेष्ठले दलको ऐनले स्पष्ट व्यवस्था गरेको अवस्थामा प्रारम्भमै निर्वाचन आयोगले सहि ढंगले निर्णय प्रक्रियामा जानु उपर्युक्त हुन्थ्यो भन्दै त्यसो किन गरिएन भन्ने पार्टीको प्रश्न रहेको बताए ।

‘तर पनि संबैधानिक अंगको रुपमा निर्वाचन आयोगले स्वतन्त्र र निस्पक्ष ढंगले कानुन सम्मत निर्णय गर्नुपर्ने भएकाले अन्तत हाम्रो पार्टी नै आधिकारीक पार्टी भएको कुरामा कुनै विवाद छैन भन्ने निर्वाचन आयोगले त्यो फैसला गर्नेछ भन्ने कुरामा हामीमा कुन द्धिविधा छैन’ प्रवक्ता श्रेष्ठले भने, ‘तर अनावस्यक ढिलो गर्ने र आशंका पैदा गर्ने काम कुनै कोणबाट नहोस् भन्ने हामी चाहान्छौ ।’

नेता श्रेष्ठले आफूहरुलाई आधिकारिकता सम्बन्धी पत्र प्राप्त नभइसकेकोले त्यो पत्र प्राप्त गरिसकेपछि मात्र पार्टीका तर्फबाट धारणा व्यक्त गर्ने समेत पत्रकार सम्मेलनमा बताए ।

 

वि.सं.२०७७ माघ १२ सोमवार ११:५४ मा प्रकाशित

स्वतन्त्र ऊर्जा उत्पादक संघमा डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति चयन

स्वतन्त्र ऊर्जा उत्पादक संघमा डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति चयन

काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४औँ...

आजको मौसम विवरण यी प्रदेशमा भारी वर्षाको सम्भावना !

आजको मौसम विवरण यी प्रदेशमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय...

विश्वकप फुटबलः क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाबीचको खेल बराबरी

विश्वकप फुटबलः क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाबीचको खेल बराबरी

काठमाडौँ । फिफा विश्वकप फुटबल–२०२६ को तेस्रो खेलमा घरेलु टोली...

सुस्तामा भारतीय हस्तक्षेपप्रति हर्कको कडा आपत्तिः रक्षामन्त्रीलाई संसदमा उभ्याउन रुलिङको माग

सुस्तामा भारतीय हस्तक्षेपप्रति हर्कको कडा आपत्तिः रक्षामन्त्रीलाई संसदमा उभ्याउन रुलिङको माग

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं संसदीय दलका नेता...

युनलाई थप ३० वर्ष जेल सजाय

युनलाई थप ३० वर्ष जेल सजाय

सियोल । उत्तर कोरियासँग तनाव चर्काउने उद्देश्यले सन् २०२४ मा...

इरान-अमेरिका सम्झौता अन्योलमा

इरान-अमेरिका सम्झौता अन्योलमा

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निकट दिनमा इरानसँग सम्झौता...