माघ १२, काठमाडौं । विभाजित नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीले राजाहरुले जस्तै पञ्च र्याली गर्न खोजेको टिप्पणी गरेका छन् । सोमबार आफुँ पक्षीय नेकपाको प्रदेश २ स्तरीय नेता तथा कार्यकर्तालाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री ओली पक्षले गर्ने र्यालीको अर्थ नरहेको बताए ।
‘केपी ओली प्रतिक्रान्तिकारी भई नै सके, इतिहासमा कलंकको टिका नै लाईसके’, प्रचण्डले भनेका छन्, ‘राजाहरुले पनि आफुँ ढल्नुभन्दा अगाडि, पञ्चायत पनि आफुँ ढल्नुभन्दा अगाडि र्याली गर्थे, त्यस्ता र्यालीको केही अर्थ छैन्, त्यो पञ्च र्याली हो, त्योभन्दा बढि मैंले त कतैबाट पनि देख्दिन ।’
उनले आफ्नो पक्षबाट भएका आन्दोलन तथा र्याली जनताको भएको बताए । आफुँहरुसँग जनताका मुद्दाहरु भएको उनको भनाई छ ।
‘हामीले ठूलो भएपनि सानो भएपनि जनता, राष्ट्र, संविधान, गणतन्त्र, लोकतन्त्र, समावेशीता, समानुपातिकताको पक्षमा आन्दोलन गरेको हुनाले हाम्रो र्याली जनताको र्याली हो, हाम्रो प्रदर्शन जनताको प्रदर्शन हो’, उनले भनेका छन् ।
प्रधानमन्त्री ओलीले सत्ताको दुरुपयोग गर्दै पैसाको बलमा प्रदर्शन गर्न खोजेको प्रचण्डको भनाई छ ।
सम्बन्धित समाचार
प्रचण्ड-माधव समूहद्धारा थप संघर्षका कार्यक्रमको घोषणा, यस्ता छन् कार्यक्रमहरु
वि.सं.२०७७ माघ १२ सोमवार १२:३० मा प्रकाशित






























