back
CTIZAN AD

‘बञ्जी कपल च्यालेन्ज’ बाट चार जोडी विजेता

वि.सं.२०७७ माघ १३ मंगलवार

699 

shares

१३ माघ, पोखरा । पोखरा– २४ हेम्जास्थित हाइग्राउण्ड एडभेन्चर्सले दुई साताअघि शुरु गरेको ‘कपल बञ्जी च्यालेन्ज’ बाट चार जोडी विजेता बनेका छन् ।

कोभिड–१९ का कारण लामो समयदेखि बन्द रहेको बञ्जीमा जोडीको आर्कषण बढाउन कम्पनीले यही माघ एकदेखि १३ गतेसम्म देशभरीबाट च्यालेन्जमा सहभागी हुन आह्वान गरेको थियो । देशभरिबाट करिब पाँच सय जनाले कपल बञ्जी च्यालेन्ज स्वीकार गरी सहभागिता जनाएको कम्पनीका पोखरास्थित शाखा प्रबन्धक दिनेश महर्जनले जानकारी दिए ।

उनले भने, “कोभिड–१९ का कारण बन्द बञ्जी असोज १९ देखि सञ्चालनमा आएको हो । विशेषगरी आन्तरिक पर्यटकको रोजाइँमा बञ्जी परेको छ भने जोडीको आर्कषण पनि बढिरहेको छ । हामीले यसैलाई मध्यनजर गर्दै कपल बञ्जी च्यालेन्जका लागि देशभरीबाट आह्वान गरेका थियांै ।” उनले ‘च्यालेन्ज एक्सेप्ट’ गरेर पाँच सय जनाले सहभागिता जनाएको र लक्की ड्र मार्फत् चार जना विजेता हुन सफल भएको बताए । हाइग्राउण्ड बञ्जी नेपालको पहिलो टावर बञ्जी र एशियामा पहिलो व्यवसायिक टेन्डम भएको उनको भनाइ छ ।

लक्की ड्र बाट काठमाडौँका आयुष शाक्य, पोखराकी प्रीति गुरुङ, बुटवलका अनुप खड्का र काठमाडाँैंका राजश्रीको जोडी विजेता बन्न सफल भएका छन् ।

सो अवसरमा पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपी भट्टराईले आन्तरिक पर्यटकलाई साहसिक खेलमा आकर्षण गर्ने यस्ता कार्यक्रम सहयोगी हुने बताए । उनले भने, “अहिले सुस्ताएको पर्यटनलाई उकास्न एउटा आधार भनेकै आन्तरिक पर्यटक हो, पोखरा साहसिक खेलको शहर पनि भएकाले यहाँँ एडभेन्चर्स स्पोटर्स टुरिज्मको पनि प्रशस्त सम्भावना छ, यसलाई प्रवद्र्धन गर्न पर्यटक लक्षित कार्यक्रम गर्नुपर्छ ।” उनले यस्ता पर्यटक लक्षित कार्यक्रमले पोखरा खुला र सुरक्षित छ भन्ने सन्देश दिने बताए ।

ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) पश्चिमाञ्चलका अध्यक्ष सुशीलराज पौडेलले पोखरामा साहसिक गतिविधि धेरै रहेकाले साहसिक खेलमा रुची राख्नेका लागि पनि पोखरा उत्कृष्ट गन्तव्य भएको बताए । ‘कल्चर नेचर र एड्भेन्चर्स’ पोखराको विशेषता रहेकाले यसलाई प्रवद्र्धन गर्न आवश्यक रहेको उनको भनाई छ ।

प्रवन्धक महर्जनका अनुसार विजेताले पोखरा लेकसाइडको तीन तारे होटलमा एक रातको खाना र बस्नको सुविधा र टेण्डम बञ्जीको उपहार प्राप्त गरेका छन् । त्यसैगरी फेब्रुअरी १४ अर्थात प्रणय दिवसको अवसरमा पनि कम्पनीले माघ १४ गतेदेखिनै ‘गिभ अ वे’ कार्यक्रम शुरु गरेको र त्यसको नतिजा फेब्रुअरी १० मा तीन जना विजेता छानिने कम्पनीले जनाएको छ ।

वि.सं.२०७७ माघ १३ मंगलवार १४:२२ मा प्रकाशित

सेती पुलको म्याद दोस्रो पटक थप, यसकारण भयो ढिलाइ

सेती पुलको म्याद दोस्रो पटक थप, यसकारण भयो ढिलाइ

कास्की । पृथ्वीराजमार्गअन्तर्गत पर्ने पोखराको पृथ्वीचोकस्थित सेती नदीमा निर्माणाधीन सेती...

स्याङ्जाको नवग्रह मन्दिरः धार्मिक आस्था र वातावरण संरक्षणको सङ्गम

स्याङ्जाको नवग्रह मन्दिरः धार्मिक आस्था र वातावरण संरक्षणको सङ्गम

गण्डकी । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–१, पञ्चकन्या मन्दिर परिसरमा नवग्रह तथा...

पोखरामा सुकुमवासी परिवारको जीवन बिमा

पोखरामा सुकुमवासी परिवारको जीवन बिमा

कास्की । पोखरा महानगरपालिका–१२ ले वडाभित्रका सुकुमवासी तथा न्यून कमाइ...

अचार बनाउने तालिमपछि उद्यमशील बन्दै महिला

अचार बनाउने तालिमपछि उद्यमशील बन्दै महिला

दमौली (तनहुँ) । यहाँका महिलाहरूका लागि अचार अब केवल खानासँग...

बेगनासतालमा डुङ्गा दौड प्रतियोगिता हुने

बेगनासतालमा डुङ्गा दौड प्रतियोगिता हुने

पोखरा । पोखरा महानगरपालिका–३१ स्थित बेगनासतालमा यही बुधबार छैटौँ संस्करणको...

नदी नियन्त्रण योजना समयअघि नै सम्पन्न

नदी नियन्त्रण योजना समयअघि नै सम्पन्न

म्याग्दी । बेनी नगरपालिका–४ सिंगा तातोपानीको मसारमा नदी नियन्त्रण योजना...