back
CTIZAN AD

कथा: ठेला परेको छाती

वि.सं.२०७७ माघ १७ शनिवार

1.1K 

shares

माघको घाम टिलिलि लागिरहेको छ । न जाडो मसकिएको छ । न गरम ढाकिएको छ । तर पनि घाम लागेरे दिन चाहिँ रमाइलो बनिरहेको थियो । छ्याप्प बसेको धुलो भने घरि घरि मन्द हावाले उडाउँदा नाक छोप्दै नै काम धन्दा गर्नु पर्ने अवस्था बनेको थियो ।

खान काम धन्दा भन्दा पनि पहिला म फोनलाई याद गर्छ । फोन छैन भने खल्लो लाग्छ अचेल मलाई । खानु नहोस् । तर फोनमा भाउचर होस् । फूल बेट्री चार्ज होस् भन्ने लाग्छ । यसैले फेनकै कारण झ्याउला हामी बुढ़ा बुढ़ी माझ भइरहन्छ । ठुस्का ठुस्की कति हो कति म र अन्तरी माझ भइरहन्छ नै ।

भर्खर भर्खर मात्र हो । हामी दुई माझको झ्याउला खैला बैला मच्चिएको । हाना हान र भनाभनले छिमेकीलाई रमिता बनाएको । त्यस दिन अन्तरी आफ्नै धुनमा काम काजमा थिईन् । म पनि फोन चार्ज गर्नुलाई चार्जर फोन र बिजुलीमा जोड़ेर फुत्त निस्किए कामको मेलो मेसो तिर….।
केही समय पछि कामको थकाईसंगै बिश्राम गरे । अनि फोन सम्झिएँर गएँ, चार्ज गर्नु राखेको फोन भएतिर । यसो फोन हेरे अ ह फोन र चार्ज भएकै थिएन । बिजुली स्वीच अफ गरिराखेको छ । त्यतिबेला भने मलाई रिस उठ्यो र कराईहाले सिधै अन्तरीलाई नै अचानो बनाएर । लागेको बानी कहिले जान्छ र खैलो बैलो भइ गयो रिसको झोकमा शब्द प्रहार गरिपठाएछु । बिचारी अन्तरीलाई र भन्दै थिए आऊ अन्तरी तिमी महाको लोदरनी छौ हगी ? यता आए यतै बिगार उता जाउ उतै बिगार हन ! तिमी कुन बार जन्मिएकी हाऊ ? साह्रै अलाच्छीन लागेको छ त । कुनै काम ठिक हुदैन त । फोन चै हेरि सहदैनौ हगी । चार्ज राखेको फोन स्वीच अफ किन गर्नु हाँ ?
बिचारी आफूले नगरिएको दोष लागेपछि एकक्षण चहि अवक्क परिन् र सम्मुख आएर बिस्तारै सोधिन् ‘हन के साह्रो भनेको हाऊ कान्छ के भयो ?’ यतिबेला झन् म उत्तेजित बनेछु । त्यसैमाथि आफ्नु त कराइरहने बानी परेछ । क्यारे ! झन् गरिएकै काम नबनेपछि नकराउने त कुरा नै आएन । भन्ने नभन्ने भाको नभाको वचन गरिपठाएछु बिचारी अन्तरीलाई ।

उनले पनि मनको कुरा विरोध भाषामा भन्दै थिईन्–औऊ कान्छा तिमीले मलाई स्वास्नी बनाएर सिन्दुर हाल्यौ कि दोषी र दासी बनाएर हाल्यौ ? सानो सानो कुरामा मलाई कराई रहन्छौ त। जति काम बिग्रन्छ मलाई लगाउछौ । थाल बटुका झर्यो कि मलाई झम्टि हाल्छौ । नानी रूनु भएन मलाई नै भन्छौ, पैसा सकियो मलाई दोष, खानु नमिठो मलाई दोष, ओल्लो घर पल्लो घर जानु भएन कसैसंग बोल्नु भएन । आँखा लगाई हाल्छौ । हन स्वास्नी हुनु भनेको दोषी बनेर हेप्पीएर नै बाँच्नु पर्ने हो र ? तिमीले आफुलाई गाली गलौज गरेर उच्च ठानी स्वास्नीलाई निच नसम्झनु है कान्छा ।

नारी कोमल हृदयकी नै हुन्छन् । त्यै माथि दोष नभई गरी खाएपछि सुकसुकाउछिन् । एकक्षण ठुस्किन्छीन् । । तर त्यो दिन त अन्तरी पनि निक्कै आक्रमक बनेर कराउनु पो थालिन् । उसले पनि मनको कुरा विरोध भाषामा भन्दै थिईन्–औऊ कान्छा तिमीले मलाई स्वास्नी बनाएर सिन्दुर हाल्यौ कि दोषी र दासी बनाएर हाल्यौ ? सानो सानो कुरामा मलाई कराई रहन्छौ त। जति काम बिग्रन्छ मलाई लगाउछौ । थाल बटुका झर्यो कि मलाई झम्टि हाल्छौ । नानी रूनु भएन मलाई नै भन्छौ, पैसा सकियो मलाई दोष, खानु नमिठो मलाई दोष, ओल्लो घर पल्लो घर जानु भएन कसैसंग बोल्नु भएन । आँखा लगाई हाल्छौ । हन स्वास्नी हुनु भनेको दोषी बनेर हेप्पीएर नै बाँच्नु पर्ने हो र ? तिमीले आफुलाई गाली गलौज गरेर उच्च ठानी स्वास्नीलाई निच नसम्झनु है कान्छा ।

पतिको हुनुको धर्म र कर्तब्य पनि सम्झिनु । तिम्रो वार गर्ने हात छ, भने स्वास्नीको पनि ढाल बन्ने हात नै छ याद गर । म धेरै चुप लागे तर तिमीले सीमा पार गरि छोड्यौं। तिमीले कहिले जस दिएनौ । कहिले स्याबासी भनेनौ । दियौ भने गाली गलौचा, झगडा, अशान्ति । हन मात्ने मान्छेले पो मातेर झगढ़ा गर्छन् त । तिमी त नमाति कत्ति साह्रै च्याङ च्याङ गरिरहन्छौ त हा । स्वास्नीलाई हेर्ने दृष्टि स्वस्थ्य होस् । स्वास्नी भनेको नारी हो । नारी तिम्रो दिदी बहिनी आमा छोरी सबै हुन् । यति कुरा चाहिँ बुझिराख्नु भनेर मेरो मुखमा निकै ठुलो मूला घुसारेर बुच्चो लगाइदिइन् । अनि उ रोटि जस्तै पुक्क फुल्लिएर गईन् झटारिएर बाहिरा खै कता हो कता ।

यतिबेला भने म अलिकति दुःखीत थिए । अलिकति खुशी थिए । अलिकति लज्जित पनि थिए । मनमनै भन्छु अन्तरी मान्छेलाई लागेको बानी नजादो रहेछ । फेरि तिमीले सोचेजस्तो त म हुदै होईन नी तिमीलाई अन्तस्करणबाट नै प्रेम गर्छु गरिरहनेछु । बस मेरो प्रेम गर्ने तरिका नै यहि हो शायद गल्ती पनि यति नै थियो ‘यति सोच्दा नसोच्दै अन्तरी भने नानीलाई कम्मरमा च्यापेर मेरो आँखाबाट पर परतिर पुगिसकेकी थिईन् पर परतिर पुगिसकेकी थिईन्…।

वि.सं.२०७७ माघ १७ शनिवार ०७:१७ मा प्रकाशित

झिल्का कविता

झिल्का कविता

राज कुमार राजभण्डारी खाेटाङ्गे ऐसेलुखर्क - ३ , खाेटाङ १....

चारु

चारु

भवानी पोखरेल (बाबु बिराज) बाणगंगा १, कपिलवस्तु आउन पाएको छैन...

सुसेली

सुसेली

टेक बहादुर लौडारी भानु ४ , तनहुँ, ‌‌ आयो असार...

मुक्तक

मुक्तक

मल्ल लक्ष्मी श्रेष्ठ, बिर्तामोड झापा १, पटक पटक धोका दिन्छ...

गजल

गजल

डा. देवी पन्थी, विराटनगर रूप जसको हुन्छ ऊ बम्किन्छ भन्ने...

गजल

गजल

किशोर कोइराला,इनरुवा , सुनसरी बाँच्नलाई जिउनु पर्ने जिन्दगीको के भरोसा...