back
CTIZAN AD

कविता: शहीद

वि.सं.२०७७ माघ १७ शनिवार

2.4K 

shares

शहीदले मनुष्यमा जगाउँदै सचेतना ।
दिएर ज्ञान त्यागको महान गर्छ प्रेरणा ।।
नसानसा भराउँदै अदम्य साहसी नशा ।
समाज नै खडा गरेर पार्छ शत्रुको दशा ।।

लगाइ दाउ प्राणको असत्यका विरोधमा ।
परी अगाडि शत्रुको कुकर्मका विरोधमा ।।
कठोर भै प्रहारमा गदा समान भीमको ।
कि बज्र इन्द्रकै बनी उघार्छ द्वार जितको ।।

शहीद हुन्छ अग्निझैँ असाध्य भर्भराउँदो ।
कि हुन्छ वेग वायुको समान घर्घराउँदो ।।
कि बाढ हुन्छ गाढको विशाल गढगढाउँदो ।
प्रचण्ड जण्ड हुन्छ ऊ अनर्थता भगाउँदो ।।

न भोगका मिठासले न सोचले प्रियादिको ।
न लोभले सुवर्णको न चाहले पदादिको ।।
बदल्छ ऊ अठोट वा पछाडि पाउ सार्दछ ।
सिवाय देशको भलो न क्यै अरू विचार्दछ ।।

बिना कुनै सहायता, छली ठगी उपायको ।
तयार हुन्छ मर्न ऊ लिएर दुःख देशको ।।
समाप्त हुन्छ रक्तले बनाई देश उर्बरा ।
खुसी तिमी उजाड वा बनाउ झन् हराभरा ।।

दाहालको ‘यो फूल’ (छन्दोबद्ध कवितासंग्रह) बाट लिईएको कविता

वि.सं.२०७७ माघ १७ शनिवार ०७:१५ मा प्रकाशित

झिल्का कविता

झिल्का कविता

राज कुमार राजभण्डारी खाेटाङ्गे ऐसेलुखर्क - ३ , खाेटाङ १....

चारु

चारु

भवानी पोखरेल (बाबु बिराज) बाणगंगा १, कपिलवस्तु आउन पाएको छैन...

सुसेली

सुसेली

टेक बहादुर लौडारी भानु ४ , तनहुँ, ‌‌ आयो असार...

मुक्तक

मुक्तक

मल्ल लक्ष्मी श्रेष्ठ, बिर्तामोड झापा १, पटक पटक धोका दिन्छ...

गजल

गजल

डा. देवी पन्थी, विराटनगर रूप जसको हुन्छ ऊ बम्किन्छ भन्ने...

गजल

गजल

किशोर कोइराला,इनरुवा , सुनसरी बाँच्नलाई जिउनु पर्ने जिन्दगीको के भरोसा...