back
CTIZAN AD

मनी चेञ्जर विनियमावली व्यवसायीमैत्री नभएको गुनासो

वि.सं.२०७७ माघ १८ आइतवार

621 

shares

१८ माघ, पोखरा । मुद्रा सटही व्यवसायी सङ्गठन मनी चेञ्जर पोखराका अध्यक्षमा रुपकराज मिश्र निर्वाचित भएका छन् । पोखरामा सम्पन्न सङ्गठनको १५ औँ साधारणसभा तथा आठौँ अधिवेशनबाट मिश्र निर्विरोध निर्वाचित भएका हुन् ।

अधिवेशनबाट उपाध्यक्षमा दीपकराज पौडेल, सचिवमा सङ्गीता पौडेल र कोषाध्यक्षमा अमृत भुजेल तथा सदस्यमा अनिता अधिकारी, कमल भुजेल, सबु श्रेष्ठ र प्रवीण अधिकारी निर्वाचित भएका छन् ।

नवनिर्वाचित अध्यक्ष मिश्रले ‘मनी चेञ्जर विनियमावली २०७७’ व्यवसायीमैत्री नभएको र व्यवसायीलाई थप भार पारेको बताए । उनले भने, “मुद्रा सटही व्यवसायीलाई पहिला वार्षिक रु तीन हजार नवीकरण शुल्क लाग्नेमा अहिले तीन वर्षको नवीकरण शुल्क रु एक लाख बनाइएको छ ।

यो न्यायोचित छैन, यसको विषयमा आवाज उठाउएर व्यवसायीमैत्री बनाउन पहल गर्नेछु ।” उनले कोभिड –१९ का कारण थला परेको पर्यटनलाई जीवन्त राख्न सम्बन्धित निकायसँग समन्वय गरेर अघि बढ्ने पनि बताए ।

यसअघि साधारण सभाको उद्घाटनसत्रमा गण्डकी प्रदेशसभा सदस्य राजीव पहारीले कोभिड– १९ का कारणले मुद्रा सटही व्यवसायी प्रत्यक्ष मारमा परेको बताए ।

पहारीले भने, “दैनिक १८ घण्टासम्म तयार रहेर सेवा दिइरहेका व्यवसायी अहिले निकै मर्कामा परेका छन् । अब परिस्थिति सामान्य हुँदैछ, विचलित नभई व्यवसायमा लाग्नुस् ।” उनले पर्यटकलाई प्रत्यक्ष सेवा दिने व्यवसायीलाई व्यवसायबाट पलायन हुन नदिन राज्यले आवश्यक पहल गर्नुपर्ने बताए ।

शनिबार आयोजित कार्यक्रममा नेपाल राष्ट्र बैंक पोखराका उपनिर्देशक रामकुमार कार्कीले व्यवसाय सञ्चालनमा देखिएका कठिनाइ हटाउन समन्वय र सहजीकरण गर्न पहल गरिने बताए ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले पर्यटन क्षेत्रमा धेरैको लगानी भए पनि लगानीअनुसारको सेवा र सुविधा राज्यबाट पाउन नसकेको गुनासो गरे ।

सरकार आफैँले ल्याएका नीतिनियम पनि समयमै कार्यान्वयन गर्न नसक्दा यस क्षेत्रका व्यवसायीले निकै समस्या भोग्नुपरेको जनाउँदै उनले मौद्रिक नीति र व्यवसाय सञ्चालन कोष अविलम्ब कार्यान्वयन गर्न आग्रह गरे ।

सङ्गठनमा पोखरामा मुद्रा सटही व्यवसायमा संलग्न ४२ कम्पनी सदस्य रहेको सङ्गठनका निवर्तमान अध्यक्ष कृष्ण भण्डारीले जानकारी दिए ।
रासस

वि.सं.२०७७ माघ १८ आइतवार ११:३९ मा प्रकाशित

सेती पुलको म्याद दोस्रो पटक थप, यसकारण भयो ढिलाइ

सेती पुलको म्याद दोस्रो पटक थप, यसकारण भयो ढिलाइ

कास्की । पृथ्वीराजमार्गअन्तर्गत पर्ने पोखराको पृथ्वीचोकस्थित सेती नदीमा निर्माणाधीन सेती...

स्याङ्जाको नवग्रह मन्दिरः धार्मिक आस्था र वातावरण संरक्षणको सङ्गम

स्याङ्जाको नवग्रह मन्दिरः धार्मिक आस्था र वातावरण संरक्षणको सङ्गम

गण्डकी । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–१, पञ्चकन्या मन्दिर परिसरमा नवग्रह तथा...

पोखरामा सुकुमवासी परिवारको जीवन बिमा

पोखरामा सुकुमवासी परिवारको जीवन बिमा

कास्की । पोखरा महानगरपालिका–१२ ले वडाभित्रका सुकुमवासी तथा न्यून कमाइ...

अचार बनाउने तालिमपछि उद्यमशील बन्दै महिला

अचार बनाउने तालिमपछि उद्यमशील बन्दै महिला

दमौली (तनहुँ) । यहाँका महिलाहरूका लागि अचार अब केवल खानासँग...

बेगनासतालमा डुङ्गा दौड प्रतियोगिता हुने

बेगनासतालमा डुङ्गा दौड प्रतियोगिता हुने

पोखरा । पोखरा महानगरपालिका–३१ स्थित बेगनासतालमा यही बुधबार छैटौँ संस्करणको...

नदी नियन्त्रण योजना समयअघि नै सम्पन्न

नदी नियन्त्रण योजना समयअघि नै सम्पन्न

म्याग्दी । बेनी नगरपालिका–४ सिंगा तातोपानीको मसारमा नदी नियन्त्रण योजना...