back
CTIZAN AD

जिपि फाउण्डेशन अमेरिका च्याप्टरद्वारा ३३ औं पटक निःशुल्क खाधन्न वितरण

वि.सं.२०७७ माघ १८ आइतवार

624 

shares

गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिकाले शनिवार, जनवरी ३०, २०२१ का दिन निशुल्क खाधन्न वितरण कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ। निःशुल्क खाधन्न वितरण कार्यक्रम न्युयोर्क शहरको क्वीन्स बोरो स्थित क्वीन्स टुगेदर संस्थाका सहसंस्थापक जनाथन फरगास संग यसै फाउण्डेशन ले सहकार्य गरी ३३ औं पटकको निशुल्क खाधन्न वितरण दिउँसो २ बजे सम्पन्न गरेको थियो।

गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिकाले क्वीन्स टुगेदर सँग सहकार्य गरी विभिन्न समुदायका २१५ जनालाई निःशुल्क खाधान्न (बासमति चामल, कालो दाल, रातो दाल, गहतको दाल, पियाज, आलु र गाजॅंर) वितरण गरेको यसै फाउण्डेशनका अध्यक्ष सोमनाथ घिमिरेले जानकारी गराए ।

गिरिजाप्रसाद कोईराला फाउण्डेसन अमेरिका च्याप्टरले न्युयोर्कको क्वीन्समा रहेका समाजसेविहरु क्रमशस् बिरेन्द्र मानन्धर, साड.टेम्बा शेर्पा, फुर्पा लामा शेर्पा, रेन्जेन शेर्पा, सन्जु शेर्पा, लाक्पा डोमा शेर्पा, सेरगेल्बु शेर्पा, कर्मा शेर्पा र पासाड शेर्पा मार्फत खाधान्न वितरण गरेको हो।

फाउन्डेसनको निःशुल्क खाधन्न वितरण कार्यक्रममा तन, मन र बचन दिएर क्रमशः यसै फाउण्डेशन का उपाध्यक्ष सुवर्ण लामा, महासचिव छिरीङ्ग राप्के लामा, कार्यसमिति सदस्यहरु क्रमशसः रामचन्द्र अधिकारी, रेखा श्रेष्ठ, राजेश आचार्य, प्रेम पौडेल, प्रेम क्षेत्री अधिकारी र ध्रुव कुवॅंर क्षेत्री खटिएका थिए भने ऐबिसी न्युजकी पत्रकार मेडालिन रेनवारगरको पनि उपस्थिती रहेको थियो।

गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिका च्याप्टरले क्वीन्स टुगेदर संस्थाका सहसंस्थापक जनाथन फरगासलाई धन्यवाद एंव आभार प्रकट गरेको छ ।

वि.सं.२०७७ माघ १८ आइतवार ११:३८ मा प्रकाशित

एनआरएनए क्यानडाद्वारा टोरोन्टोकाे जबरजस्ती करणीसम्बन्धी घटनाबारे आधिकारिक धारणा सार्वजनिक

एनआरएनए क्यानडाद्वारा टोरोन्टोकाे जबरजस्ती करणीसम्बन्धी घटनाबारे आधिकारिक धारणा सार्वजनिक

काठमाडौं ।  गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाले गतवर्ष टोरोन्टोमा सार्वजनिक...

बेलायतमा नेपाली समुदायलाई सतर्क रहन एनआरएनए यूकेको आग्रह

बेलायतमा नेपाली समुदायलाई सतर्क रहन एनआरएनए यूकेको आग्रह

काठमाडौं। बेलायतका विभिन्न स्थान, विशेषगरी उत्तरी आयरल्याण्ड लगायतका क्षेत्रमा आप्रवासनसम्बन्धी...

एनसीसी कतारको विवादपछि एकता, महाधिवेशनको निर्वाचन खर्च छानबिन अध्ययनको जिम्मा सागर नेपाललाई

एनसीसी कतारको विवादपछि एकता, महाधिवेशनको निर्वाचन खर्च छानबिन अध्ययनको जिम्मा सागर नेपाललाई

गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) कतारको लामो...

नेपाली विद्यार्थी समाज टेक्सासको अध्यक्षमा राजकुमार गिरी

नेपाली विद्यार्थी समाज टेक्सासको अध्यक्षमा राजकुमार गिरी

एल पासो, टेक्सास।अमेरिकाको टेक्सासस्थित द युनिभर्सिटी अफ टेक्सास एट एल...

दोहामा नेपाली श्रमिकका लागि सचेतना कार्यक्रम सम्पन्न

दोहामा नेपाली श्रमिकका लागि सचेतना कार्यक्रम सम्पन्न

दोहा, कतार । दोहास्थित नेपाली राजदूतावासले नेपाली श्रमिकहरूका लागि सचेतना...

अफ्रिकामा कूटनीतिक उपस्थितिको निरन्तरताका लागि गम्भीर ध्यानाकर्षण

अफ्रिकामा कूटनीतिक उपस्थितिको निरन्तरताका लागि गम्भीर ध्यानाकर्षण

काठमाडौं । अफ्रिकी क्षेत्रमा नेपाली कुटनीतिक उपस्थितिको निरन्तरताका लागि गम्भीर...