back
CTIZAN AD

पुनःसंरचनाको विषयमा आन्दोलन जारी

वि.सं.२०७३ माघ ९ आइतवार

921 

shares

९ माघ,खोटाङ। स्थानीय तह पुनःसंरचना आयोगले सरकारलाई बुझाएको खाकाका विषयमा असन्तुष्टि जनाउँदै आन्दोलनमा उत्रिएका चार गाविसका बासिन्दाले आज विद्यालयहरुमा कालो झन्डा गाडेका छन् ।

जिल्लाबाट सर्वसहमतिमा सिफारिस गरिएको महुरेगढी गाउँपालिकालाई हटाएर आयोगले लामिडाँडा गाउँपालिका बनाएको विरोधमा सोही दिनदेखि आन्दोलनरत बुइपा, विजयखर्क, राजापानी र नुनथलाका बासिन्दाले आआफ्नो गाविसका विद्यालयमा कालो झन्डा गाडेका हुन् । विद्यालयको पठनपाठनमा अवरोध नपुग्ने गरी सबै गाविसका विद्यालयमा विरोधस्वरुप कालो झन्डा गाडिएको सङ्घर्ष समितिका संयोजक उदयबहादुर कार्कीले बताउनुभयो ।

आयोगको निर्णयविरुद्ध आन्दोलित बासिन्दाले माथिल्लो सगरमाथा र मध्यपहाडी लोकमार्गमा सञ्चालित यातायातका सवारीसाधन दुई हप्ताअघिदेखि बन्द गर्र्दै आएकाले जनजीवन प्रभावित भएको छ । जिल्लास्थित राजनीतिक दलले यातायात बन्दको विकल्प खोज्न आग्रह गरेपछि आन्दोलनकारीले साँझ ५ देखि बिहान १० बजेसम्म सञ्चालन सवारी साथ चलाउन दिएका छन् ।

वि.सं.२०७३ माघ ९ आइतवार ०९:५१ मा प्रकाशित

मोटरसाइकलसहित बगाएका चालकको सकुशल उद्धार

मोटरसाइकलसहित बगाएका चालकको सकुशल उद्धार

कैलाली । कैलालीको मोहन्याल गाउँपालिका–७ स्थित पितमारी खोलामा आएको बाढीले...

प्रतिनिधिसभाः उठाइएका विषयमा स्पष्ट पार्न विपक्षीको आग्रह

प्रतिनिधिसभाः उठाइएका विषयमा स्पष्ट पार्न विपक्षीको आग्रह

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा विपक्षी दलका सांसदहरूले लामो समयदेखि...

प्रतिनिधिसभा बैठक सुरूः ढल्केबरमा ‘ट्रमा सेन्टर’ निर्माणबारे जवाफ माग

प्रतिनिधिसभा बैठक सुरूः ढल्केबरमा ‘ट्रमा सेन्टर’ निर्माणबारे जवाफ माग

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको मधेस प्रदेशको ढल्केवरमा राष्ट्रियस्तरको ट्रमा...

कक्षा ८ पूरा गर्न नसकेका १३७ बालबालिकालाई वैकल्पिक शिक्षा

कक्षा ८ पूरा गर्न नसकेका १३७ बालबालिकालाई वैकल्पिक शिक्षा

भद्रपुर (झापा) । कनकाई नगरपालिकाले कक्षा ८ पूरा गर्न नसकेका...

इन्ड्राइभ राइडरहरू आन्दोलितः उचित भाडादर र बीमा सुरक्षाको माग गर्दै कुपण्डोलमा प्रदर्शन

इन्ड्राइभ राइडरहरू आन्दोलितः उचित भाडादर र बीमा सुरक्षाको माग गर्दै कुपण्डोलमा प्रदर्शन

काठमाडौँ । राइड-सेयरिङ प्लेटफर्म इन्ड्राइभमा आबद्ध चालकहरू आफ्ना सेवा–सुविधा र...

जय नेपाल इन्टरनेसनल फाउन्डेसनद्वारा ४२ दलित विद्यार्थीलाई स्टेशनरी तथा खेलकुद सामग्री सहयोग

जय नेपाल इन्टरनेसनल फाउन्डेसनद्वारा ४२ दलित विद्यार्थीलाई स्टेशनरी तथा खेलकुद सामग्री सहयोग

बैतडी । बैतडीको पाटन नगरपालिका–४, जेउडेस्थित मसानि दलित आधारभूत विद्यालयका...