back

भूकम्पपीडितले पहिलो किस्ताकै रकम पाएनन्

वि.सं.२०७३ माघ ९ आइतवार

507 

shares
GLOBAL IME AD
NTC AD

९ माघ,बनेपा। काभ्रेपलाञ्चोकमा सरकारले उपलब्ध गराएको पहिलो किस्ताबापतको रकम अझै पनि भूकम्पपीडितले पाउन सकेका छैनन् ।

व्यक्तिगत नाममा जमिन नभएको, लाभग्राहीका सूचीमा नाम प्रकाशन भए पनि विदेश बसेको लगायत कारणले अहिलेसम्म पाँच हजार दुई सय ९८ भूकम्पपीडितले पहिलो किस्ताबापतको रु ५० हजार पाउन नसकेको जिविस काभ्रेपलाञ्चोकले जनाएको छ ।

जिल्लाका ७५ गाविस र पाँच नगरपालिकामा ६७ हजार सात सय ११ लाभग्राहीमध्ये ६२ हजार चार सय १३ जनासँग मात्रै अनुदान सम्झौता भएको छ । स्थानीय विकास अधिकारी टेकराज निरौलाले जिल्लाका १२ गाविसमा मात्रै पूर्ण रुपमा लाभग्राहीसँग सम्झौता भएको जानकारी दिँदै भूकम्पपीडितका लागि दोस्रो किस्ता वितरण गर्न अझै निर्देशिका नआएको बताउनुभयो ।

अनुदान सम्झौता भएका गाविसमा मिल्चे, साल्धारा, विर्ता देउरालीलगायत पर्छन् । “विविध कारणले अझै पनि छुट भएका गाविस र नगरपालिकाबाट अनुदान सम्झौताका लागि आउने क्रम जारी छ ।” निरौलाले भन्नुभयो ।

उहाँले काभ्रेपलाञ्चोकमा पुनः निर्माणको कामबारे पनि कुनै प्रतिवेदन नआएको उल्लेख गर्दै दोस्रो किस्ताबापतको रकम आउन अझै केही समय लाग्ने बताउनुभयो । रासस

वि.सं.२०७३ माघ ९ आइतवार ०९:५० मा प्रकाशित

बाढीले ‘डाइभर्सन’ बगाउँदा कान्तिलोकपथ सडक अवरुद्ध

बाढीले ‘डाइभर्सन’ बगाउँदा कान्तिलोकपथ सडक अवरुद्ध

बागमती । हेटौँडा-काठमाडौं जोड्ने कान्तिलोकपथ अवरुद्ध भएको छ । वर्षासँगै...

अख्तियार कार्यालयमा रौतहटको स्थानीय तहसम्बन्धी धेरै उजुरी

अख्तियार कार्यालयमा रौतहटको स्थानीय तहसम्बन्धी धेरै उजुरी

वीरगञ्ज (पर्सा) । अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौँडा कार्यालय मातहतका...

ट्रर्याक खुलेको दुई दशकपछि गलकोट-ताराखोला सडक कालोपत्र

ट्रर्याक खुलेको दुई दशकपछि गलकोट-ताराखोला सडक कालोपत्र

ढोरपाटन (बागलुङ) । दुई दशक अगाडि ट्रर्याक खुलेको गलकोट–ताराखोला सडक...

बागलुङमा प्याराग्लाइडिङ परीक्षणमै सीमित 

बागलुङमा प्याराग्लाइडिङ परीक्षणमै सीमित 

गलकोट (बागलुङ) । बागलुङमा प्याराग्लाइडिङको सम्भावना राम्रो रहेको परीक्षण उडानले...

अझै बनेन दुई वर्षअघि बाढीले भासिएको पुल

अझै बनेन दुई वर्षअघि बाढीले भासिएको पुल

झापा । यहाँको अर्जुनधारा नगरपालिकास्थित बिरिङ खोलामा दुई वर्षअघि बाढीले...

गण्डकी प्रदेश सभाको अधिवेशन आह्वान

गण्डकी प्रदेश सभाको अधिवेशन आह्वान

गण्डकी । गण्डकी प्रदेशसभाको अधिवेशन यही जेठ ११ गतेदेखि सुरु...