back
CTIZAN AD

वीर अस्पतालमा हाइड्रोसिलको निःशुल्क शल्यक्रिया

वि.सं.२०७३ माघ ९ आइतवार

1K 

shares

९ माघ, काठमाडौँ । सरकारले हाइड्रोसिल (अण्डकोष वरिपरि पानी भरिएर ठूलो हुनु) को निःशुल्क शल्यक्रिया गर्ने कार्यक्रमअनुसार वीर अस्पतालमा हालसम्म १५ जनाले शल्यक्रिया गराएका छन् ।

यही पुस १ गतेदेखि सुरु भएको निःशुल्क शल्यक्रिया सेवा असारमसान्तसम्म चल्ने वीर अस्पतालका सामाजिक सेवा एकाइ÷समन्वय शाखा प्रमुख टीकाराम पनेरुले जानकारी दिनुभयो ।

प्रमुख पनेरुले भन्नुभयो, “बजेट ढिला आएका कारण गत वर्ष १४ जनाको मात्र शल्यक्रिया भएको र यो आर्थिक वर्षको असार मसान्तसम्म २४४ जनाको शल्यक्रिया गर्ने योजना रहेको छ ।” सरकारले प्रत्येक अस्पताललाई एकजना बिरामीको शल्यक्रिया गरेबापत रु पाँच हजार ५०० सय उपलब्ध गराएको छ ।

उहाँले धेरै बिरामीलाई निःशुल्क शल्यक्रिया हुने जानकारी नभएर र कतिले लुकाएर राख्ने भएकाले अस्पतालसम्म नआइपुगेको बताउनुभयो । सरकारले चालु आर्थिक वर्षमा सात हजार ९८३ हजार हाइड्रोसिलका बिरामीको शल्यक्रिया गर्ने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग, इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले यस वर्ष देशभरका सरकारी अस्पतालबाट करिब सातहजार ९८३ हाइड्रोसिलका बिरामीको निःशुल्क शल्यक्रिया गर्ने लक्ष्य राखेको छ ।

त्यसका लागि देशभरका ६० अस्पतालबाट शल्यक्रिया गर्ने प्रबन्ध मिलाइएको छ । नेपालमा करिब एक लाख हाइड्रोसिलका बिरामी रहेको अनुमान छ । नेपालमा हात्तीपाइले रोगका कारण हाइड्रोसिलका बिरामी बढेपछि सरकारले निःशुल्क शल्यक्रियाको व्यवस्था गरेको हो ।

महाशाखाको हात्तीपाइले रोग निवारण अभियानका केन्द्रीय ‘फोकल पर्सन’ तुलसी अधिकारीका अनुसार गत आर्थिक वर्ष २०७२÷७३ मा नौ हजार ५८४ बिरामीको शल्यक्रिया गर्ने लक्ष्य राखिएको भएपनि दुई हजार ५०० बिरामीको शल्यक्रिया गरिएको थियो भने सोभन्दा अघिल्लो वर्ष ६६७ जनाले शल्यक्रिया गराएका थिए । गत आवमा देशभरका ७१ अस्पतालबाट शल्यक्रिया गरिएको भए पनि केही अस्पतालले निरन्तरता दिन नसक्ने बताएपछि ६० अस्पतालमा शल्यक्रिया हुने भएको अधिकारीले बताउनुभयो ।

जाडोमा ज्वरो आउनु, शरीरमा कम्पन हुनु, लिम्फ नली सुन्निनु, रातो भई दुख्नु, हातगोडामा नीला काला धर्सा देखिनु, गिर्खा बढ्नु, पुरुष अण्डकोष ठूलो हुनु, दुख्नु, गिर्खा भेटिनु र पछि हाइड्रोसिल अर्थात् अण्डकोष वरिपरि पानी भरिएर ठूलो हुनेजस्ता लक्षण देखिएमा हात्तीपाइले (फाइलेरिया) भएको हुन सक्छ । साथै, महिलामा यौनाङ्ग अथवा स्तन सुन्निनु र दुख्ने भएमा पनि हात्तीपाइले भएको हुन सक्छ ।

नेपालमा हात्तीपाइले रोग उचेरेचिया काँक्राफ्टि परजिवीको सङ्क्रमणबाट फैलिएको पाइएको छ । सङ्क्रमित भएको मान्छेको शरीरमा खासगरी रातिको समयमा छालामुनि रहेको रगतको नलीमा माइक्रोफाइलेरिया प्रवेश गरी बस्ने हुँदा सो समयमा क्युलेक्स या अन्य जातको लामखुट्टेबाट सङ्क्रमण फैलने गर्दछ ।

विश्वमा अपाङ्ग बनाउने सबैभन्दा ठूलो रोग मानिएको हात्तीपाइले रोगका रूपमा चिनिएको यो रोगको नेपालका ६१ जिल्लामा सङ्क्रमण देखिएपछि सरकारले सन् २००३ देखि निवारणका लागि आम औषधि सेवन गराउने कार्य सुरु गरेको छ ।

सन् २०२० सम्म नेपालबाट पूर्णरूपमा यो रोग निवारण गर्ने उद्देश्यका साथ सन् २०१८ सम्म सबै जिल्लाका मानिसलाई औषधि खुवाइसक्ने लक्ष्य नेपाल सरकारले राखेको छ ।

वि.सं.२०७३ माघ ९ आइतवार १३:११ मा प्रकाशित

भोटेकोसी घटनापछि तत्काल र दीर्घकालीन कार्यभार अघि बढाउन डा भट्टराईको सुझाव

भोटेकोसी घटनापछि तत्काल र दीर्घकालीन कार्यभार अघि बढाउन डा भट्टराईको सुझाव

काठमाडौं । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले भोटेकोसी क्षेत्रमा आएको विनाशकारी...

पूर्वसूचना नदिएको आरोप खण्डन गर्दै चिनियाँ दूतावासले गरयो यस्तो आग्रह

पूर्वसूचना नदिएको आरोप खण्डन गर्दै चिनियाँ दूतावासले गरयो यस्तो आग्रह

काठमाडौँ । नेपाल–चीन सीमा क्षेत्रमा आएको विनाशकारी बाढी तथा पहिरोका...

वैकल्पिक लाइनबाट नुवाकोटमा विद्युत् आपूर्ति सुचारु

वैकल्पिक लाइनबाट नुवाकोटमा विद्युत् आपूर्ति सुचारु

काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण विद्युत् आपूर्ति अवरुद्ध...

प्रधानमन्त्री बालेन बाढी प्रभावित क्षेत्रको निरीक्षणमा

प्रधानमन्त्री बालेन बाढी प्रभावित क्षेत्रको निरीक्षणमा

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह आज बिहान सडकमार्ग हुँदै बाढी...

थप ठूलो बाढी आउने विश्वसनीय सूचना छैन, हल्लाको पछि नलाग्न आग्रह

थप ठूलो बाढी आउने विश्वसनीय सूचना छैन, हल्लाको पछि नलाग्न आग्रह

काठमाडौँ । रसुवा–नुवाकोट क्षेत्रबाट थप ठूलो बाढी आउन लागेको भन्दै...

सरकारद्वारा उद्धार तथा राहत कार्यमा तीव्रता

सरकारद्वारा उद्धार तथा राहत कार्यमा तीव्रता

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा हिजो आएको भीषण बाढीपछि सरकारले...