back
CTIZAN AD

सरुवा रोग अस्पतालमा सिटी स्क्यान सेवा

वि.सं.२०७३ माघ १० सोमवार

960 

shares

१० माघ,काठमाडौँ। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले आजदेखि औपचारिक रुपमा सिटी स्क्यान सेवा सञ्चालन गरेको छ ।

अस्पतालको ८३औँ वार्षिकोत्सवका अवसरमा स्वास्थ्यराज्यमन्त्री तारामान गुरुङले उक्त सेवाको उद्घाटन गर्दै नेपालको एक मात्र सरुवा रोग अस्पतालको विकासका लागि मन्त्रालयले पूर्ण रुपमा सहयोग गर्ने बताउनुभयो । अहिले सय शय्या सञ्चालन भइरहेको र अब तीन सय शय्या बनाउने दीर्घकालीन योजना अस्पतालको छ ।

झाडापखालाको प्रकोप देखिएपछि उपचारका लागि ८३ वर्ष अगाडि स्थापित अस्पतालमा अहिले सम्पूर्ण सरुवा रोग तथा रेबिज र सर्पदंशको समेत उपचार गरिन्छ ।

अस्पतालको सुधारका लागि मङ्सिर महिनादेखि सिटी स्क्यान सेवा सुरु गरिएको तथा एक सातापछि चार शय्याको सघन उपचार कक्ष पनि सञ्चालन गर्ने तयारी अन्तिम चरणमा रहेको अस्पतालका निर्देशक डा रमेश खरेलले बताउनुभयो । नयाँ सेवा सञ्चालनका लागि सुविधासम्पन्न साततले भवन बनाइने जनाइएको छ ।

उहाँका अनुसार दुई वर्षभित्र निर्माण सक्ने गरी करिब रु ५७ करोडमा बन्ने एक सय ४६ शय्याको नयाँ भवनमा वृद्धवृद्धा विभाग, रेबिज– सर्पदंश– जटिल खालको क्षयरोग विभाग तथा एचआइभी एड्सको छुट्टै विभाग रहने जानकारी दिनुभयो ।

“भवन निर्माणका लागि अस्पताल विकास समितिले गुरुयोजना पास गरेपछि मन्त्रालयमा योजना पेस गरी यसै वर्ष निर्माण सुरु गरिनेछ” – उहाँले भन्नुभयो । रासस

वि.सं.२०७३ माघ १० सोमवार ११:३७ मा प्रकाशित

श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा

श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले अन्तरराष्ट्रिय...

लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु

लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु

गोरखा । उँभौली पर्व सुरु भएसँगै छ महिनाअघि बेशी झरेका...

ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो

ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो

ढोरपाटन (बागलुङ) । ढोरपाटन नगरपालिकाले यहाँका ४८ जना किसानलाई ५०...

ग्रामीण पर्यटन प्रवद्र्धन गर्न बन्दीपुरमा ‘होमस्टे मार्ट’

ग्रामीण पर्यटन प्रवद्र्धन गर्न बन्दीपुरमा ‘होमस्टे मार्ट’

बन्दीपुर । गाउँ पर्यटनको प्रवद्र्धन गर्ने उद्देश्यले तनहुँको प्रसिद्ध पर्यटकीय...

बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले सिद्धार्थ गौतमबुद्धका उपदेश र मार्गदर्शनले...

राहदानी सेवाग्राहीका घरमा पु¥याउँदै चितवन प्रशासन

राहदानी सेवाग्राहीका घरमा पु¥याउँदै चितवन प्रशासन

चितवन । जिल्ला प्रशासन कार्यालय चितवनमा बनेर आएका राहदानी लिन अब...