१० माघ, रसुवा । सिन्धुपाल्चोक सिम्पाल काभ्रे– ६ घर भई रसुवा यार्सा–९ बस्ने ४६ बर्षीय चक्र बहादुर धमलालाई प्रहरीले १ सय १७ ग्राम (१० तोला ५ लाल) बराबरको सुन जस्तो पहेंलो धातु सहित पक्राउ गरेको छ ।
टिमुरे–१ रसुवागढी प्रहरी चेकपोष्टमा सोमबार चिनको केरुङबाट नेपाल आउदै गरेका उनी सवार बा ७८ प २१३१ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा उक्त धातु बरामद भएको प्रहरीले जानकारी दिएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ ।
वि.सं.२०७३ माघ १० सोमवार १४:११ मा प्रकाशित