back
CTIZAN AD

थवाङमा एकहजार क्षमताको हल निर्माण

वि.सं.२०७३ माघ ११ मंगलवार

957 

shares

११ माघ,रोल्पा । नेत्र विक्रम चन्द (विप्लव)ले नेतृत्व गरेको नेकपा माओवादीले आगामी फागुन १ गतेदेखि सञ्चालन गर्न लागेको आठौँ राष्ट्रिय महाधिवेशनको बन्दसत्र सञ्चालनका लागि रोल्पाको थवाङमा निर्माणाधीन करिब रु दुई करोड लागतको हल अन्तिम चरणमा पुगेको छ ।

फागुन १ गते काठमाडौँको खुलामञ्चमा उद्घाटन गरी फागुन ४ देखि करिब एक सातासम्म रोल्पाको थवाङमा बन्दसत्र सञ्चालन हुने नेकपा माओवादीका केन्द्रीय सदस्य नन्दबहादुर बुढामगरले बताउनुभयो ।

एकसय ६५ फिट लम्बाइ र ४० फिट चौडाइको सो हलमा एक हजारभन्दा बढी मान्छे अट्ने क्षमता रहेको बुढाले बताउनुभयो ।

सहिद स्मृति हल नामाकरण गरिएको उक्त हल निर्माणका लागि हालसम्म राप्तीका पाँच जिल्लाका अतिरिक्त बाँके, बर्दिया, सुर्खेत, नवलपरासी, रुपन्देही, कपिलवस्तु, पाल्पा, अर्घाखाँची र बागलुङका झन्डै १८० भन्दा बढी नेता कार्यकर्ताले पाँचदेखि १० दिनसम्म श्रमदान गरेको बुढामगरले जानकारी दिनुभयो ।

महाधिवेशनका क्रममा पार्टी स्थायी समिति र पोलिटब्युरोको बैठक प्रयोजनका लागि तीनकोठे छुट्टै भवन समेत निर्माण भइरहेको छ । यसैगरि महिला र पुरुषका लागि छुट्टाछुट्टै १२ कोठे पक्की शौचालय समेत निर्माण भइरहेको बुढामगरले जानकारी दिनुभयो ।

हल निर्माणको काम केन्द्रबाट सिधै भएको बताइएको छ । पार्टीका विभिन्न कमिटी, पार्टी सदस्य, शुभेच्छुकबाट सहयोग सङ्कलन तथा नेता कार्यकर्ताबाट श्रमदान गरी सो भवन निर्माण गर्न लागिएको नेकपा माओवादी, रोल्पाका सेक्रेटरी दलबहादुर खत्री जागृतीले बताउनुभयो ।

वीर बलभद्र माध्यमिक विद्यालय थवाङको हाताभित्र निर्माण गरिएको सो हल महाधिवेशन प्रयोजनपश्चात् संरक्षण र व्यवस्थापनको जिम्मेवारीसहित सोही विद्यालयलाई हस्तान्तरण गरिने बताइएको छ ।

वर्तमान सत्ताको केन्द्र काठमाडाँैमा उद्घाटन गरी माओवादी जनयुद्धको केन्द्र थवाङमा बन्दसत्र गर्नु अर्थपूर्ण रहेको खत्रीले बताउनुभयो ।

वि.सं.२०७३ माघ ११ मंगलवार ०४:३५ मा प्रकाशित

बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै

बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै

नेपालगञ्ज । बाँकेको सीमा क्षेत्रबाट हुने बोइलर कुखुराको अवैध ओसारपसार...

ज्योति विकास बैंकका एटिएमहरूमा ‘नेपालपे’ कार्ड चल्ने

ज्योति विकास बैंकका एटिएमहरूमा ‘नेपालपे’ कार्ड चल्ने

काठमाडौँ । ज्योति विकास बैंकका ग्राहक तथा सर्वसाधारणले अब बैंकको...

सुर्खेतमा दुई दिन कुरेर सिलिण्डर भर्छन् उपभोक्ता

सुर्खेतमा दुई दिन कुरेर सिलिण्डर भर्छन् उपभोक्ता

कर्णाली । सुर्खेतमा एक सातादेखि खाना पकाउने एलपी ग्यास लिन...

संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

गण्डकी । बिना व्यावसायिक योजना निर्माण गरिएका कतिपय विमानस्थल सञ्चालनमा...

आँपको उत्पादन बढ्यो, घटेन मूल्य

आँपको उत्पादन बढ्यो, घटेन मूल्य

काठमाडौँ । आँपको उत्पादनको पछिल्लो तथ्यांक हेर्ने हो भने यसको...

पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

चितवन । ठाउँठाउँमा खसेको पहिरो पन्छाएपछि नारायणगढ–मुग्लिन सडक पूर्ण रूपमा...