back
CTIZAN AD

मिश्र हत्या आरोपमा पत्नीसहित पाँच सार्वजनिक

वि.सं.२०७३ माघ १२ बुधवार

756 

shares

१२ माघ, गौशाला । महोत्तरीको हतिसर्वा–८ सङ्ग्रामपुर बस्ने २५ वर्षीय अञ्जनीकुमार मिश्रलाई हत्या गरेको आरोपमा महोत्तरी प्रहरीले मृतककी पत्नीसहित पाँचजनालाई मङ्गलबार सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालय, महोत्तरीले मिश्र हत्याकाण्डमा संलग्न रहेका आरोपी हतिसर्वा–८ बस्ने मृतककी पत्नी २२ वर्षीया ज्योती मिश्रा, धर्मपुर–६ बस्ने ३१ वर्षीय फिरोज कवारी, धमौरा–१ बस्ने ३७ वर्षीय तुफान नट अन्सारी, बगडा–७ बस्ने ४४ वर्षीय गङ्गाराम दास र महोत्तरी गाविस–७ बस्ने २९ वर्षीय कुवेर राउतसहित पाँचजनालाई सार्वजनिक गरेको हो ।

हत्याको छानबिन गर्न प्रहरीको विशेष टोलीले स्थानीयवासीको सहयोगमा उनीहरुलाई घरबाट पक्राउ गरी कर्तव्यज्यान मुद्दा चलाई हत्या भएको १० दिनपछि सार्वजनिक गरेको हो । ज्योती मृतक अन्जनीकी कान्छी श्रीमती रहेकी छन् भने कुवेर काकाससुरा हुन् । फिरोज र तूफान जनतान्त्रिक तराई मुक्तिमोर्चा, ज्वाला समूहमा सक्रीय रही अपहरण, लुटपाट, चन्दा आतङ्क र हत्या गर्ने किलरका रुपमा काम गर्ने रहेको प्रहरीको अनुसन्धानले देखाएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी निरीक्षक रवीन्द्र खनालले बताउनुभयो ।

उहाँका अनुसार हत्याको प्रमुख कारण यौनसम्बन्ध र सम्पत्ति नै रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । वैदेशिक रोजगारीबाट तीन महिनाअघि मात्र घर फर्केका मिश्रको नाममा पाँच बिघा जग्गा रहेको छ । मिश्रलाई गत पुस २९ गते शुक्रबार राति ८ बजे उनीहरुले धारिलो हतियार प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।

वि.सं.२०७३ माघ १२ बुधवार ०४:२० मा प्रकाशित

मादक पदार्थ सेवनगरी श्रीमानद्वारा श्रीमतीको हत्या

मादक पदार्थ सेवनगरी श्रीमानद्वारा श्रीमतीको हत्या

डोटी । डोटीको जोरायल गाउँपालिका–४ देउथलीमा मादक पदार्थ सेवन (मापसे)...

फोहर व्यवस्थापनमा देखिएका समस्या समाधान गर्न सञ्चारमन्त्रीको निर्देशन

फोहर व्यवस्थापनमा देखिएका समस्या समाधान गर्न सञ्चारमन्त्रीको निर्देशन

काठमाडौँ । नुवाकोट क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य एवं...

‘टिचर्स डे’ मा रूपान्तरित हुँदै ‘गुरू पूर्णिमा’

‘टिचर्स डे’ मा रूपान्तरित हुँदै ‘गुरू पूर्णिमा’

काठमाडौँ । विद्यार्थीहरूले आफैँ पैसा उठाएर ‘केक’ ल्याएका थिए ।...

ऐन संशोधनका लागि पत्राचार

ऐन संशोधनका लागि पत्राचार

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले सुरक्षित मातृत्व तथा प्रजनन...

फरार प्रतिवादी पक्राउ

फरार प्रतिवादी पक्राउ

वीरगञ्ज (पर्सा) । ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले...

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापन नेप्से परिसूचक आज...