back
CTIZAN AD

समूदायबाट निर्मित खानेपानीको ‘डिपबोरिङ्ग’ उद्घाटन

वि.सं.२०७३ माघ १२ बुधवार

750 

shares

१२ माघ, ललितपुर । स्थानीय जनसमूदायको सक्रिय पहल तथा समाजसेवीहरुको आर्थिक सहयोगमा गोदावारी नगरपालिकामा निर्माण भएको ‘खानेपानी डिपबोरिङ्ग’ एक समारोहका बीच उद्घाटन भएको छ ।
म्ंगलबार संघीय मामिला तथा स्थानीय विकास राज्यमन्त्री माननीय श्रीप्रसाद जवेगुले एक समारोहबा बीच उद्घाटन गरेका हुन् । कोतबासीहरु गत २०७२ साल बैशाख १२ र २९ गते गएको महाभूकम्प पश्चात कोतडाडामा खानेपानीको विकराल समस्या परी सिंगो गाउ बस्ति नै बसाई सरी जानु पर्ने बाध्यात्मक अवस्था सृजना भएको थियो । यस माहा विकराल अवस्थाको समयमा कोतडाँडा सरोकार समाज, कोतगाउँ मूलगुठी समाज, नागरिक समाजका बुद्धिजिवी र दातृमाहनुभावबाट आर्थिक तथा अन्य सहयोग जुटाई रु ४०, २६, १४० चालिस लाख, छब्बिस हजार, एकसय चालिसको लागतमा २९४ मिटर गहिराईबाट डिपबोरिङ्ग सम्पन्न गरी खानेपानीको विकल्प रोज्न बाध्यात्मकरुपले सफल भएका छन् ।
उद्घाटनको क्रममा कोतबासीलाई सम्बोधन गर्दै मन्त्री जवेगुले ‘कोतडाँडाको विकास र पर्यटन प्रवर्धन गर्न नेपाल सरकारको संधै प्रयास रहिरहन्छ । इतिहासको अंध्यारोलाई सरापेर बस्नुभन्दा वर्तमानलाई बत्ती बाल्नु बुद्धिमानी हुने छ’ भन्दै कातडाँडा बासीको कामको प्रशंसा गरे ।’ उद्घाटन कार्यक्रमको अन्त्यमा आर्थिक सहयोग दिने चन्दा दाता र सहयोगीहरुलाई राज्यमन्त्री जवेगुको हातबाट सम्मानपत्र वितरण गरिएको थियो । यसैक्रममा गोदावारी नगरपालिकाका कार्यकारी अधिकृत मनिता श्रेष्ठले कोतडाँडाकोलागि नगरपालिकाले विशेष प्राथमिकताका साथ हेरेको बताइन । उद्घाटन कार्यक्रममा स्थानीय राजनीतिक दलको प्रतिनिधित्व गर्दै नेपाली काँग्रेसका हरिशरण गिरी, नेकपा –माओवादी केन्द्र) का श्री इन्द्रबहादुर खत्री, पात्लेछाप सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष पुस्कर गिरी लगायतको उपस्थिती रहेको थियो ।

वि.सं.२०७३ माघ १२ बुधवार ०४:४९ मा प्रकाशित

भेरी अस्पतालमा आइसीयु सेवा अभाव

भेरी अस्पतालमा आइसीयु सेवा अभाव

नेपालगञ्ज । भेरी अस्पताल, नेपालगञ्जले अस्पतालमा आइसीयु सेवा नभएकाले बिरामीलाई...

मोरङमा ‘डिजे’ प्रयोग गर्न निषेध

मोरङमा ‘डिजे’ प्रयोग गर्न निषेध

विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले मेला–महोत्सव एवं रातको समयमा...

प्रवेशाज्ञा दस्तुरवापत  दुई करोड ६५ लाख ६८ हजार ५३७ राजस्व सङ्कलन

प्रवेशाज्ञा दस्तुरवापत  दुई करोड ६५ लाख ६८ हजार ५३७ राजस्व सङ्कलन

भद्रपुर (झापा) । प्रवेशाज्ञा (भिसा) दस्तुरवापत गत आर्थिक वर्ष २०८२÷८३...

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

नेपाल केरामा आत्मनिर्भर उन्मुख

नेपाल केरामा आत्मनिर्भर उन्मुख

काठमाडौैँ । सरकारको नीतिगत प्रयास र किसानको अथक मेहनतपछि नेपाल...

भारतीय ‘स्वीट कर्न’ सात करोडभन्दा बढी मूल्यको आयात

भारतीय ‘स्वीट कर्न’ सात करोडभन्दा बढी मूल्यको आयात

काठमाडौँ । नेपाली कृषकलाई आफ्नो खेत–बारीमा पाकेको मकैखेती भित्र्याउन भ्याइनभ्याइ...