back
CTIZAN AD

राप्रपा ७ नम्बर प्रदेश संयोजकमा लख्खाभाइ

वि.सं.२०७३ माघ १२ बुधवार

813 

shares

 १२ माघ,बैतडी । राष्ट्रिय प्रजातन्त्र पार्टीको ७ नम्बर प्रदेशको संयोजकमा केन्द्रीय सदस्य पुष्करराज जोशी ‘लख्खाभाइ’ नियुक्त हुनुभएको छ ।

राप्रपा केन्द्रीय सचिवालयका अनुसार अखण्ड सुदूरपश्चिमको आन्दोलनका प्रणेताका रुपमा चिनिने लख्खाभाइ कुमाउ विश्वविद्यालय नैनीताल (भारत)मा छात्र सङ्घका अध्यक्षसमेत रहिसक्नु भएको छ । उहाँ उक्त विश्वविद्यालयमा छात्र सङ्घको अध्यक्ष हुने पहिलो नेपालीसमेत हुनुहुन्छ ।

संविधानसभाको पहिलो र दोस्रो निर्वाचनमा बैतडी क्षेत्र नम्बर २ बाट चुनाव लडेका लख्खाभाइले दुवै निर्वाचनमा उल्लेख्य मत प्राप्त गर्नुभएको थियो । सुरुमा सुदूरपश्चिम जागरण मञ्चको नाममा जातीय राज्यका विरुद्ध अखण्ड सुदूरपश्चिमको आन्दोलन थालेका लख्खाभाइकै नेतृत्वमा दोस्रो संविधानसभाको निर्वाचनमा अखण्ड सुदूरपश्चिम पार्टी नेपाल दर्ता भई चुनाव लडेनुभएको थियो ।

पछिल्लो समय तत्कालीन राप्रपा नेपाल र अखण्ड सुदूरपश्चिम पार्टी एकीकरण भएपछि उहाँ तत्कालीन राप्रपा नेपालका सुदूरपश्चिम सहसंयोजक बन्नुभएको थियो । गत मङ्सिरमा दुवै राप्रपा एक भएपछि माघ १० गते बसेको उच्च कार्य सम्पादन समितिले लख्खाभाइलाई सात नम्बर प्रदेशको संयोजक नियुक्त गरेको राप्रपा केन्द्रीय सदस्य तथा मिडिया नेपालका केन्द्रीय उपाध्यक्ष हेमबाबु लेखकले जानकारी दिनुभएको छ ।

वि.सं.२०७३ माघ १२ बुधवार ०५:१४ मा प्रकाशित

भेरी अस्पतालमा आइसीयु सेवा अभाव

भेरी अस्पतालमा आइसीयु सेवा अभाव

नेपालगञ्ज । भेरी अस्पताल, नेपालगञ्जले अस्पतालमा आइसीयु सेवा नभएकाले बिरामीलाई...

मोरङमा ‘डिजे’ प्रयोग गर्न निषेध

मोरङमा ‘डिजे’ प्रयोग गर्न निषेध

विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले मेला–महोत्सव एवं रातको समयमा...

प्रवेशाज्ञा दस्तुरवापत  दुई करोड ६५ लाख ६८ हजार ५३७ राजस्व सङ्कलन

प्रवेशाज्ञा दस्तुरवापत  दुई करोड ६५ लाख ६८ हजार ५३७ राजस्व सङ्कलन

भद्रपुर (झापा) । प्रवेशाज्ञा (भिसा) दस्तुरवापत गत आर्थिक वर्ष २०८२÷८३...

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

नेपाल केरामा आत्मनिर्भर उन्मुख

नेपाल केरामा आत्मनिर्भर उन्मुख

काठमाडौैँ । सरकारको नीतिगत प्रयास र किसानको अथक मेहनतपछि नेपाल...

भारतीय ‘स्वीट कर्न’ सात करोडभन्दा बढी मूल्यको आयात

भारतीय ‘स्वीट कर्न’ सात करोडभन्दा बढी मूल्यको आयात

काठमाडौँ । नेपाली कृषकलाई आफ्नो खेत–बारीमा पाकेको मकैखेती भित्र्याउन भ्याइनभ्याइ...