back
CTIZAN AD

नेकपा (एमाले)द्वारा ५५ जनालाई सम्मान

वि.सं.२०७३ माघ १२ बुधवार

858 

shares

 १२ माघ,इलाम । नेकपा (एमाले) इलामले एकतप्पा गाविसका ५५ जना वृद्धवृद्धा तथा एकल महिलालाई सम्मान गरेको छ ।

नेकपा (एमाले)ले सञ्चालन गरेको संविधान कार्यान्वयनसम्वन्धी चारमहिने अभियानअन्तर्गत मङ्गलबार गाविसको कार्यालयमा आयोजित कार्यक्रममा ५५ जनालाई सम्मान गरेको हो ।

नेकपा (एमाले) इलामका अध्यक्ष राम राना, पार्टी सचिव महेश बस्नेतले सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरेको हो ।

सो अवसरमा अध्यक्ष रानाले आफ्नो पार्टी सरकारमा भएका समयमा वृद्धवृद्धा, एकल महिला, अपाङ्गता भएका व्यक्तिलाई भत्ता दिन सुरुवात गरेको र बर्सेनि भत्ता वृद्धि गर्दै लगेको बताउनुभयो ।

बालबालिकालाई ज्याकेट वितरण

यसैबीच, सामाजिक क्षेत्रमा अग्रसर बन्दै आएको इलाम सोसियल इनिसिएटिभ (क्लोथ बैंक)ले देउमाई नगरपालिकाका विभिन्न विद्यालयमा अध्ययनरत गरिब तथा विपन्न परिवारका बालबालिकालाई कोरियन ज्याकेट वितरण गरेको छ ।

क्लोथ बैंकले जाडोको समयमा विद्यालय जान समस्या भोगिरहेका विपन्न बालबालिकालाई मङ्गलबार ज्याकेट वितरण गरेको हो । देउमाई नगरपालिकाको मङ्गलबारेमा आयोजना गरेको ज्याकेट वितरणमा उक्त नगर क्षेत्रका नौवटा विद्यालयका करिब ९० जना बालबालिकालाई ज्याकेट वितरण गरेको संस्थाका सचिव विभूषण राईले जानकारी दिनुभयो ।

स्थानीय नगर बाल संरक्षण तथा संवद्र्धन उपसमितिको संयोजनमा गरिएको ज्याकेट वितरणमा लक्ष्मी, जनकल्याण, नागेश्वरी, सुर्के आधारभूत विद्यालय, भगवती माविलगायत नौवटा विद्यालयका विद्यार्थी रहेका छन् ।

वि.सं.२०७३ माघ १२ बुधवार ०५:१८ मा प्रकाशित

श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा

श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले अन्तरराष्ट्रिय...

लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु

लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु

गोरखा । उँभौली पर्व सुरु भएसँगै छ महिनाअघि बेशी झरेका...

ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो

ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो

ढोरपाटन (बागलुङ) । ढोरपाटन नगरपालिकाले यहाँका ४८ जना किसानलाई ५०...

ग्रामीण पर्यटन प्रवद्र्धन गर्न बन्दीपुरमा ‘होमस्टे मार्ट’

ग्रामीण पर्यटन प्रवद्र्धन गर्न बन्दीपुरमा ‘होमस्टे मार्ट’

बन्दीपुर । गाउँ पर्यटनको प्रवद्र्धन गर्ने उद्देश्यले तनहुँको प्रसिद्ध पर्यटकीय...

बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले सिद्धार्थ गौतमबुद्धका उपदेश र मार्गदर्शनले...

राहदानी सेवाग्राहीका घरमा पु¥याउँदै चितवन प्रशासन

राहदानी सेवाग्राहीका घरमा पु¥याउँदै चितवन प्रशासन

चितवन । जिल्ला प्रशासन कार्यालय चितवनमा बनेर आएका राहदानी लिन अब...