back
CTIZAN AD

बाढी प्रभावित क्षेत्रका बालबालिकालाई शैक्षिक सामग्री र न्यानो लुगा

वि.सं.२०७७ माघ २१ बुधवार

627 

shares

२१ माघ, बाग्लुङ । गत भदौ १७ गते भुजीखोलामा आएको बाढीबाट प्रभावित ढोरपाटन नगरपालिका–९ सुप्राङको जनचेतना र सुकुर्दुङको सरस्वती आधारभूत विद्यालयका बालबालिकालाई शैक्षिक सामग्री र न्यानो लुगा प्रदान गरिएको छ ।

बागलुङ घर भई हाल हङकङमा रहेका टीका र जुनु रानाको पहलमा स्थापित ‘स्वास्थ्य तथा विपन्न विद्यार्थी अक्षयकोष’मार्फत दुवै विद्यालयका पाँच पाँच बालबालिकालाई शैक्षिक सामग्री र न्यानो लुगा सहयोग गरिएको अक्षयकोषका सञ्चालक विजय रानाले जानकारी दिए ।

विद्यालयमै पुगी नेपाल पत्रकार महासङ्घ बागलुङ शाखाका अध्यक्ष दिल शिरीष र ढोरपाटन नगरपालिका–७ का वडाध्यक्ष दीपक थापाले संयुक्तरूपमा सामग्री हस्तान्तरण गरेका थिए । रु ६० हजार बराबरको शैक्षिक सामग्री र लत्ताकपडा प्रदान गरिएको सञ्चालक रानाको भनाइ छ ।

विद्यार्थीले वर्ष दिनलाई पुग्ने गरी कापी, कलमलगायत स्टेशनरी सामग्री, झोला र एक एक थान ज्याकेट पाएका छन् । बाढीका कारण अभिभावक गुमाएका र घरको आर्थिक स्थिति अत्यन्त कमजोर भएका बालबालिका छनोट गरी शैक्षिक सामग्री सहयोग गरिएको हो । अर्थाभावकै कारण बालबालिकाको पढाइमा असर नपरोस् भनेर कोषमार्फत सहयोग गरिएको सञ्चालक रानाले बताए ।

जनचेतना आधारभूत विद्यालयका प्रधानाध्यापक रामबहादुर घर्तीमगरले दाताको सहयोगले बाढी प्रभावित परिवारको घाउमा मलमपट्टी लागेको प्रतिक्रिया दिए । “बाढी प्रभावितको पीडा विस्तारै कम हुँदै गएको छ, धेरैतिरबाट राहत सहयोग आइरहेको छ”, उनले भने ।

विद्यालयमा अध्ययनरत ३० प्रतिशत बालबालिकाको किताब, कापीसहित सबै पठनपाठनका सबै सामग्री बाढीले बगाएको प्रअ घर्तीमगरको भनाइ छ । बाढीले सो विद्यालय पनि पूर्णरूपमा क्षतिग्रस्त बनेको थियो । भवन नै नभएपछि विद्यार्थीलाई खुला चौरमा राखेर पढाइएको विद्यालयले जनाएको छ ।

पत्रकार महासङ्घ बागलुङ शाखाका अध्यक्ष दिल शिरीषले बाढीबाट अति प्रभावित बालबालिकाका लागि कोषले गरेको सहयोग सराहनीय रहेको उल्लेख गरे । उनले न्यून आर्य भएका परिवारका बालबच्चाको पढाइ सुनिश्चितताका लागि सबै पक्षको पहल र योगदान चाहिने बताए ।

वडाध्यक्ष थापाले बाढीबाट क्षतिग्रस्त विद्यालय भवन छिटो पुनःनिर्माण गर्नुपर्नेमा जोड दिए । “यो जाडोमा बालबालिका भुइँमा बसेर पढिरहेका छन्, साहै्र दर्दनाक छ”, उनले भने, “यस क्षेत्रमा न्यून आर्य भएका परिवार बढी छन्, जसका कारण बालबच्चालाई पनि राम्रो पढ्ने वातावरण छैन ।”

बाढीले सरस्वती आधारभूत विद्यालयका तीन कोठा र शौचालय क्षतिग्रस्त बनाएको थियो । कक्षाकोठा अभावमा कक्षा १ र २ का विद्यार्थीलाई सँगै राखेर पढाउने गरिएको विद्यालयका प्रधानाध्यापक देवेन्द्रकुमार घर्तीमगरले बताए । खोला किनारमा भएकाले विद्यालय सँधै बाढीको जोखिममा छ ।

स्वास्थ्य र शिक्षा क्षेत्रलाई लक्षित गरी अक्षयकोष स्थापना गरिएको सञ्चालक रानाले बताए । विपन्नताका कारण उपचारबाट बञ्चित हुनु परेका व्यक्तिलाई पनि कोषमार्फत आर्थिक सहयोग गर्ने गरी कार्यविधि बनाइएको उनको भनाइ छ । कोष परिचालन गरेर समुदायस्तरमा स्वास्थ्य सचेतनाका कार्यक्रम पनि सञ्चालन गरिने भएको छ ।
रासस

वि.सं.२०७७ माघ २१ बुधवार १२:०१ मा प्रकाशित

सेती पुलको म्याद दोस्रो पटक थप, यसकारण भयो ढिलाइ

सेती पुलको म्याद दोस्रो पटक थप, यसकारण भयो ढिलाइ

कास्की । पृथ्वीराजमार्गअन्तर्गत पर्ने पोखराको पृथ्वीचोकस्थित सेती नदीमा निर्माणाधीन सेती...

स्याङ्जाको नवग्रह मन्दिरः धार्मिक आस्था र वातावरण संरक्षणको सङ्गम

स्याङ्जाको नवग्रह मन्दिरः धार्मिक आस्था र वातावरण संरक्षणको सङ्गम

गण्डकी । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–१, पञ्चकन्या मन्दिर परिसरमा नवग्रह तथा...

पोखरामा सुकुमवासी परिवारको जीवन बिमा

पोखरामा सुकुमवासी परिवारको जीवन बिमा

कास्की । पोखरा महानगरपालिका–१२ ले वडाभित्रका सुकुमवासी तथा न्यून कमाइ...

अचार बनाउने तालिमपछि उद्यमशील बन्दै महिला

अचार बनाउने तालिमपछि उद्यमशील बन्दै महिला

दमौली (तनहुँ) । यहाँका महिलाहरूका लागि अचार अब केवल खानासँग...

बेगनासतालमा डुङ्गा दौड प्रतियोगिता हुने

बेगनासतालमा डुङ्गा दौड प्रतियोगिता हुने

पोखरा । पोखरा महानगरपालिका–३१ स्थित बेगनासतालमा यही बुधबार छैटौँ संस्करणको...

नदी नियन्त्रण योजना समयअघि नै सम्पन्न

नदी नियन्त्रण योजना समयअघि नै सम्पन्न

म्याग्दी । बेनी नगरपालिका–४ सिंगा तातोपानीको मसारमा नदी नियन्त्रण योजना...