back
CTIZAN AD

डोटीमा पनि शुरु गर्यो सेनिटरी प्याड उत्पादन

वि.सं.२०७७ माघ २२ बिहीवार

684 

shares

२२ माघ, डोटी । महिनावारी भएका बेलामा प्रयोग गरिने सेनिटरी प्याड बनाउन शुरुआत गरिएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय व्यापार प्रबन्ध केन्द्रको आर्थिक सहयोगमा र शैलेश्वरी महिला समूहको सहजीकरणमा सेनिटरी प्याड बनाउने उक्त मेशिन जडान गरिएको हो ।

मेशिन जडान भएपछि डोटीमा पहिलोपटक सेनिटरी प्याड उत्पादन गर्न थालिएको हो । जिल्लाको दिपायल सिलगढी नगरपालिका–६ सिलगढीमा सेनिटरी प्याड उद्योग स्थापना गरेर प्याड उत्पादन गर्न थालिएको छ ।

सेनिटरी प्याड नभएका कारण प्रायः गरी छात्रा महिनावारी हुँदा विद्यालय जान बन्द भएपछि उनीहरुको सहजताका लागि उक्त उद्योग सञ्चालनमा ल्याइएको शैलेश्वरी महिला समूहका पदाधिकारी तथा उद्योग सञ्चालक शारदा भट्टले जानकारी दिइन् ।

उनले भनिन्, “प्याड नभएका कारण महिनावारी भएका अधिकांश छात्रा विद्यालय जान सकेका थिएनन, उनीहरुका समस्या समाधान गर्न तथा नियमित विद्यालय जान सकुन् भन्ने उद्देश्यले हामीले उद्योग सञ्चालनमा ल्याएका छौँ, महिनावारी भएका छात्रालाई विषेश सहज हुनेछ ।”

कम्तीमा पनि रु ११ लाख ५० हजारको लागतमा उक्त उद्योग सञ्चालन गरिएको उनले बताइन् । उद्योगमा अहिले तीन कर्मचारीले पहिलोपटक ११ कामदारलाई प्याड बनाउने तालिम दिन शुरु गरिएको छ ।

जिल्लामै सेनिटरी प्याड उत्पादन गर्न शुरु गरिएपछि प्याडको प्रयोग गर्नेहरुको सङ्ख्या बढ्दै गएको विभिन्न सङ्घसंस्थाको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

जिल्लामा छाउपडीको अवस्था र महिलाको आर्थिक आत्मनिर्भरलाई मध्यनजर गरी ती समस्या समाधान होस् भन्ने उद्देश्यले सञ्चालन गरिएको उक्त सेनिटरी प्याड बनाउने उद्योगले राम्रो काम गरेको स्थानीयवासी तथा नेकपाका नेता नारद मलासीले बताए ।

उनले भने, “महिनावारी र छाउपडीका कारण जिल्लाकै बदनाम थियो, महिनावारी भएका छात्रा स्कूल नै जाँदैन थिए, प्याड सहजरूपमा पाइने भएपछि छात्रा स्कूल पनि जानेछन्, जिल्लाको बदनाम पनि हट्नेछ ।”

यहाँ उत्पादित प्याड डोटी जिल्लासँगै छिमेकी जिल्लामा समेत निर्यात गर्ने गरी गुणस्तरीय उत्पादनमा ध्यान दिएर काम गरे राम्रो प्रभाव पर्ने प्रमुख जिल्ला अधिकारी भीमप्रसाद भट्टराईले जानकारी दिए ।

उनले भने, “सेनीटरी प्याड उत्पादन गुणस्तरीय तथा राम्रो गरिए बजारका लागि खोजी गर्नुपर्ने समस्या आउँदैन, राम्रो उत्पादन गरिए जिल्ला बाहिरसमेत निर्यात हुनेछ, महिलाका समस्या पनि समाधान हुनेछन् ।”

पछिल्लो समय जिल्लामा सेनिटरी प्याड प्रयोग गर्ने किशोरी तथा महिलाको सङ्ख्या बढ्दै गएको छ । जिल्लामा प्याड उत्पादन गर्ने उद्योग नभएका कारण यहाँका किशोरी तथा महिलाले देशका विभिन्न शहरका साथै भारतबाट निर्यात गरिएका सस्तो खालका सेनिटरी प्याड प्रयोग गर्दै आएको दिपायल सिलगढी नगरपालिका–४ पिपल्लाकी स्थानीय लक्ष्मी रावलले जानकारी दिइन् ।

उनले भनिन्, “जिल्लामै प्याड उत्पादन गर्ने उद्योग थिएन, हामीलाई प्याड नभइ नहुने, वर्षौदेखि हामीले भारत तथा देशका विभिन्न शहरबाट सस्तो प्याड किनेर प्रयोग गर्दै आएका थियौँ, त्यही पनि सबैलाई पहुँच थिएन, अब त्यो समस्या पनि हटेको छ ।”

उनका अनुसार अझै पनि जिल्लाको ग्रामीण भेगका किशोरी तथा महिलाले महिनावारी भएको बेला प्याडका रूपमा रुमाल, घरेलु कपडालगायतका वस्तु प्रयोग गर्न बाध्य भएका छन् ।

जिल्लामा उत्पादन भएका सेनिटरी प्याड जिल्लाका सबै स्थानीय तहमा बिक्री वितरण गरी त्यसपछि मात्रै जिल्ला बाहिर निर्यात गरिनुपर्ने कांग्रेस नेत्री पार्वती चन्दले जानकारी दिइन् ।

उनले भनिन्, “यहाँका शहरबजारभन्दा पनि गाउँघरमा प्याडको बढी खाँचो छ, यहाँ उत्पादन भएका प्याड पहिला गाउँगाउँमा पु¥याउने र त्यसपछि मात्रै जिल्ला बाहिर पठाए निकै राम्रो हुनेछ ।”
रासस

वि.सं.२०७७ माघ २२ बिहीवार १३:४२ मा प्रकाशित

सुदूरपश्चिममा ३७ अर्ब ७० करोड बजेट विनियोजन

सुदूरपश्चिममा ३७ अर्ब ७० करोड बजेट विनियोजन

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को...

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सातवटै प्रदेश...

बङ्गुरका पाठापाठी बिक्रीबाट मासिक रु ७० हजार आम्दानी

बङ्गुरका पाठापाठी बिक्रीबाट मासिक रु ७० हजार आम्दानी

गोदावरी (कैलाली) । गौरीगङ्गा नगरपालिका–१ की ३५ वर्षीया पूजा रावलले...

महेन्द्र राजमार्गको अतिक्रमित जमिन खाली गर्न आग्रह

महेन्द्र राजमार्गको अतिक्रमित जमिन खाली गर्न आग्रह

महेन्द्रनगर । यहाँस्थित स्वीकृति विना अस्थायी/स्थायी घरटहरा निर्माण गर्नेलाई सार्वजनिक...

रास्वपा बैतडीको सभापतिमा नाथ

रास्वपा बैतडीको सभापतिमा नाथ

दशरथचन्द (बैतडी) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बैतडीको सभापतिमा भीम...

अपिहिमाल सडक सञ्जालमा जोडियो, स्थानीयलाई दैनिकी सहज हुने आशा

अपिहिमाल सडक सञ्जालमा जोडियो, स्थानीयलाई दैनिकी सहज हुने आशा

दार्चुला, २३ जेठ – दार्चुलाको अपिहिमाल गाउँपालिका सडक सञ्जालमा जोडिएको छ।...