back
CTIZAN AD

निचाझोडा सिमसारको प्रवद्र्धनमा जुटे स्थानीयवासी

वि.सं.२०७३ माघ १३ बिहीवार

1.6K 

shares

१३ माघ,बनियानी (झापा) । झापाको दुहागढीस्थित हातेमालो सामुदायिक वन क्षेत्रभित्र रहेको निचाझोडा सिमसार क्षेत्रलाई पर्यटकीयस्थलका रुपमा विकास गर्न स्थानीयवासी जुटेका छन् ।

आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने उद्देश्यले वनको ३२.२७ हेक्टर सिमसार क्षेत्रलाई पर्यटकीयस्थलका रुपमा विकास गर्न उनीहरु जुटेका हुन् । स्थानीयवासीले सो ठाउँको नाम ‘निचाझोडा सिमसार पर्यटकीय स्थल’ भनी तय गरिसकेका छन् । राजवंशी भाषामा ‘निचा’ को अर्थ झिँगामाछा र ‘झोडा’को अर्थ खोल्सी रहेकाले सिमसारको नाम निचाझोडा रहन गएको दुवागढी–२ निवासी परशुराम राजवंशीले बताउनुभयो ।

स्थानीय उपभोक्ताले रु पाँच लाख सङ्कलन गरेर पहिलो चरणको कामसमेत सुरु गरिसकेका छन् जसमा दुहागढी गाविसले पनि स्थानीयवासीको अभियानमा सहकार्य गर्दैै रु दुई लाख सहयोग गरेको छ ।

त्यस्तै, सांसद विकास कोषले रु तीन लाख र निर्वाचन क्षेत्र विकास कोषबाट रु १० लाख सहयोग पाएपछि स्थानीयवासी अझ उत्साहित भएको दुवागढी–९ निवासी एवम् पत्रकार प्रकाश उप्रेतीले बताउनुभयो । सिमसारको पहिलो चरणमा माटो व्यवस्थापनको काम अघि बढाइएको छ । माटोको बाँध निर्माण गरी पानी सञ्चित गर्ने र पोखरीको संरचना तयार पार्ने काम भइरहेको दुहागढी–२ की टीका पौडेलले बताउनुभयो । “पोखरीको काम सकेर वैशाखभित्रमा दुईवटा बोट सञ्चालन गर्ने तयारीमा छौँ,” सिमसार विकासको योजना सुनाउँदै उहाँले भन्नुभयो – “हामी करिब ४० बिघाको पोखरी बनाउँदै छौँ । सम्भवतः यो पूर्वाञ्चलकै ठूलो हुनेछ ।”

हरियो वनभित्रको निचाझोडामा धार्मिक तथा ऐतिहासिकस्थल पनि रहेका छन् । धिमाल समुदायको धार्मिक तथा ऐतिहासिक स्थलका रुपमा त्यहाँ वार्षिक पूजा गर्ने थान रहेको छ । साथै, सो स्थानलाई उनीहरुले आफ्नो राजधानीका रुपमा समेत लिने गरेको निचाझोडा सिमसार पर्यटकीयस्थल निर्माण तथा विकास उपसमितिका संयोजक कृष्णराज सिग्देलले बताउनुभयो । यहाँ राजवंशी समुदायको चैतादेवीको थानसमेत रहेको छ । हरेक वर्षको चैतमा मेलाको आयोजना गरी उनीहरुले चैतुदेवीको पूजाआजा गर्ने गरेका छन् ।

पूर्व–पश्चिम राजमार्गको चारआली सडकखण्डको करिब तीन किलोमिटर दक्षिण दुहागढी गाविसमा रहेको हातेमालो सामुदायिक वन तीन सय ९१.२७ हेक्टर क्षेत्रमा फैलिएको छ जसमध्ये ५२.५ हेक्टर सिमसार क्षेत्र रहेको छ । त्यसमध्ये ३२.५ हेक्टर सिमसार क्षेत्रलाई पयर्टकीयस्थलका रुपमा विकास तथा व्यवस्थित गर्न लागिएको हो ।

हातेमालो सामुदायिक वन उपभोक्ता समूहमा २२ घरधुरी आबद्ध छन् । यसमा करिब एक हजार घरधुरी आदिवासी, आठ सय बाहुन÷क्षेत्री र चार सय दलित, मुस्लिम लगायतका समुदाय रहेका छन् । पर्यटकीयस्थलको निर्माण भएपछि दुवागढी २, ३ र ४ वडाका बासिन्दा प्रत्यक्ष लाभान्वित हुने गाविस सचिव कवीन्द्रविक्रम नेम्बाङले बताउनुभयो । “पर्यटकको आवागमनसँगै स्थानीयवासीको आर्थिक पाटो पनि सुध्रिन्छ,” नेम्बाङले भन्नुभयो – “पर्यकीयस्थलको विकास र प्रवद्र्धनमा सबैले सहयोग गर्नुपर्छ ।”

हाल यहाँ वनभोज खान आन्तरिक पर्यटक आउने गरेका छन् । पानी, बिजुली, बाटो लगायतका पूर्वाधार विकास नहुँदा समस्या भएको दुवागढी–५ का मोहन खतिवडाले बताउनुभयो । विस्तारै पूर्वाधार विकास गर्दै नमुना पर्यटकीयस्थलका रुपमा विकास गर्ने आफूहरुको लक्ष्य रहेको उहाँले बताउनुभयो ।

वि.सं.२०७३ माघ १३ बिहीवार ०५:०३ मा प्रकाशित

सुतिरहेकै अवस्थामा पहिरोमा परी लालवीर छन्त्यालको मृत्यु, एकजनाको उद्धार

सुतिरहेकै अवस्थामा पहिरोमा परी लालवीर छन्त्यालको मृत्यु, एकजनाको उद्धार

गण्डकी । पहिरोमा परी म्याग्दीको बेनी नगरपालिका–३ भकिम्ली, चिनाखेतका ७०...

वनस्पति उद्यानभित्र नक्षत्र, राशि र ग्रह अनुसारको वृक्षरोपण सुरु 

वनस्पति उद्यानभित्र नक्षत्र, राशि र ग्रह अनुसारको वृक्षरोपण सुरु 

जनकपुरधाम । पछिल्लो समय पर्यटकहरुको आकर्षणको केन्द्र बन्दै गएको धनुषाधाम...

सर्पले टोकेर २९ वर्षीय युवकको मृत्यु

सर्पले टोकेर २९ वर्षीय युवकको मृत्यु

सुदूरपश्चिम । कैलालीको कैलारी गाउँपालिकामा सर्पले टोकेर एक युवकको मृत्यु...

भजनमा रमाउँदै युवा

भजनमा रमाउँदै युवा

चितवन । केही वर्षअघिसम्म भजनकीर्तन भनेपछि धेरैको मनमा उमेर ढल्किएका...

डाक्टरमाथि आक्रमण गर्नेलाई कडा कारबाही गर्न माग

डाक्टरमाथि आक्रमण गर्नेलाई कडा कारबाही गर्न माग

वीरगन्ज (पर्सा) । नेपाल चिकित्सक सङ्घले शनिबार वीरगन्जस्थित नारायणी अस्पतालमा...

निरञ्जना चन्द ‘निरु’ को काव्यिक आवाज–कर्णालीदेखि काठमाडौँसम्म

निरञ्जना चन्द ‘निरु’ को काव्यिक आवाज–कर्णालीदेखि काठमाडौँसम्म

काठमाडौँ । “एक फरक मुसाफिर हुँ म मेरो दुनियाँ अरूको...