back
CTIZAN AD

अध्यक्ष तिमिल्सिनाले गरे दासढुङ्गा पुलको निरीक्षण

वि.सं.२०७७ माघ २९ बिहीवार

672 

shares

२९ माघ, भरतपुर । राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले चितवन र तनहुँ जोड्ने दासढुङ्गा पुलको निरीक्षण गरेका छन् । तनहुँको देवघाटमा आयोजित विभिन्न कार्यक्रममा सहभागी हुन आएका तिमिल्सिनाले पुलको निरीक्षण गरेका हुन् ।

उनले सो अवसरमा पुलको छेउबाट निर्माण गर्न लागिएको सडकको समेत जानकारी लिए । सडक निर्माणका लागि डिजाइन बनिसकेकाले छिट्टै काम शुरु गरिने सडक डिभिजन भरतपुरका प्रमुख कृष्णराज अधिकारीले जानकारी दिए ।

सो अवसरमा अध्यक्ष तिमिल्सिनाले पुलमा भत्किएको क्षेत्रका तत्काल मर्मत गर्न आग्रह गरे । विसं २०७१ मा सो पुल निर्माण सम्पन्न भएको थियो । यस्तै अध्यक्ष तिमिल्सिनाले दासढुङ्गाको तनहुँ क्षेत्रमा निर्माण भइरहेको मदन–आश्रित बहुआयामिक स्मृति उद्यानको समेत अवलोकन गरे ।

उनले दासढुङ्गाको विकासका लागि सबै क्षेत्रले ध्यान दिनुपर्ने बताए । उनले सरकारले समेत यसलाई प्राथमिकतामा राखेको भन्दै स्थानीयस्तरबाट विशेष पहल लिनुपर्ने बताए । उद्यान निर्माणमा भइरहेको प्रगतिबारे निर्माण समितिका अध्यक्ष बाबुराम अधिकारीले अध्यक्ष तिमिल्सिनालाई जानकारी गराएका थिए ।
रासस

वि.सं.२०७७ माघ २९ बिहीवार १२:५१ मा प्रकाशित

रामधुनीमा वार्षिक ३५ हजार बिरुवा उत्पादन

रामधुनीमा वार्षिक ३५ हजार बिरुवा उत्पादन

धरान (सुनसरी) । सुनसरीको रामधुनी सबडिभिजन वन कार्यालयले प्रत्येक वर्ष...

सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव

सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव भएको...

ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो  : प्रधानमन्त्री शाह

ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण,...

दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

काठमाडौँ । सरकारले दक्षिणपूर्वका कम्बोडिया, म्यानमार, लावस र थाइल्याण्डको सीमा...

गणेश नेपालीको मृत्युबारे गृहमन्त्री बोल्दा सांसदले झारे आँसु

गणेश नेपालीको मृत्युबारे गृहमन्त्री बोल्दा सांसदले झारे आँसु

काठमाडौँ । राहदानी विभाग अगाडि मुगुका २५ वर्षीय गणेश नेपालीले...