माघ २९, काठमाडौं । प्रचण्ड–नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गर्न पुगेको प्रहरीलाई समर्थकले अगाडि बढ्न दिएका छैनन् । पक्राउ गर्न पुगेको प्रहरी टोली समर्थकको अवरोधका बीच रोकिएका छन् ।
यतिबेला शंखमुलस्थित झाँक्रीको निवास अगाडि निकै ठूलो संख्यामा समर्थकको भीड लागेको छ । ठूलो संख्यामा प्रहरी परिचालन भएपनि समर्थकले रोकिरहेका छन् ।
उनका समर्थकहरुले ‘राष्ट्रपति भण्डारी चाहिँदैन्, जनताका छोरी पक्राउ गर्न पाईँदैन्’ भन्ने नारा लगाएका छन् । समर्थकले प्रधानमन्त्री ओलीविरुद्व पनि नाराबाजी गरिरहेका छन् ।
अहिले प्रहरीले समर्थकलाई हटाउने प्रयास गरिरहेको छ ।
याे पनि…
झाँक्रीलाई पक्राउ गर्न पुगेका प्रहरीलाई समर्थकको अवरोध, ठूलो संख्यामा प्रहरी परिचालन
जनाइएअनुसार भर्खरैमात्र प्रहरीले झाँक्रीलाई पक्राउ पुर्जी थमाएको छ । झाँक्रीले पक्राउ पुर्जी नदिएसम्म आफुँले गिरफ्तारी नदिने अडान लिँदै आएकी थिइन् ।
उनलाई राज्यविरुद्धको अपराधअन्तर्गतकको मुद्दामा पक्राउ गर्न पुर्जी जारी गरिएको छ ।
वि.सं.२०७७ माघ २९ बिहीवार १२:४७ मा प्रकाशित






























