back
CTIZAN AD

हिमालयन उद्धार सङ्घको वार्षिक साधारणसभा

वि.सं.२०७७ माघ ३० शुक्रवार

582 

shares

३० माघ, काठमाडौं । कोरोना सङ्क्रमणपछि विस्तारै पर्यटन व्यवसायले गति लिन शुरु गरेको अवस्थामा पर्वतीय पर्यटनमा आउने पर्यटकका लागि सुरक्षित अनुभूति दिलाउन आवश्यक भएकामा जोड दिइएको छ । हिमालयन उद्धार सङ्घ नेपालको यहाँ सम्पन्न ४६ औँ वार्षिक साधारणसभाले मनाङ तथा फेरिचे स्वास्थ्यचौकी तथा सगरमाथा आधारशिविर र गोसाइँकुण्डमा स्वास्थ्य शिविर सञ्चालन कार्यालय निरन्तरता दिने निर्णय गरेको छ ।

सो अवसरमा सङ्घका अध्यक्ष हरिप्रसाद धरेलले लेक लाग्ने रोगको रोकथामका लागि प्रभावकारी सूूचना प्रवाह गर्न ठाउँठाउँमा सूचनापाटी राख्ने, पर्चा पम्पलेट वितरण गर्ने, विद्यार्थीहरुलाई प्रशिक्षित गराउने तथा पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण क्षेत्रमा सङ्घका कार्यक्रम विस्तार गरिने बताए । उनले खुम्बु पासाङल्हामु तथा मनाङको ङिस्याङ गाउँपालिकासँग समन्वय गरी विभिन्न सुरक्षात्मक कार्यक्रमहरु सञ्चालन गरिने जानकारी दिए ।

बैठकमा सङ्घका महासचिव श्रीराम खत्रीले प्रस्तुत गरेका आव २०७६/७७ को प्रगति प्रतिवेदन तथा आव २०७७/७८ को वार्षिक कार्यक्रम तथा कोषाध्यक्ष सुशीलकृष्ण अधिकारीले आव २०७६/७७ को लेखापरीक्षण प्रतिवेदन तथा आव २०७७/७८ को वार्षिक बजेटलाई पारित गरेको छ । साथै, सङ्घका मेडिकल निर्देशक डा बुद्ध बस्नेतले प्रस्तुत गरेका मेडिकल प्रतिवेदनलाई पनि बैठकले पारित गरेको छ ।
रासस

वि.सं.२०७७ माघ ३० शुक्रवार १२:३९ मा प्रकाशित

आदिकविले भाषिक एकतालाई बलियो बनाउनुभयो ः सभामुख अर्याल

आदिकविले भाषिक एकतालाई बलियो बनाउनुभयो ः सभामुख अर्याल

काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले नेपाली भाषा, साहित्य र संस्कृतिका...

साना नदीमा आकस्मिक बाढीको पूर्वानुमान

साना नदीमा आकस्मिक बाढीको पूर्वानुमान

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिनसम्म...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

रामधुनीमा वार्षिक ३५ हजार बिरुवा उत्पादन

रामधुनीमा वार्षिक ३५ हजार बिरुवा उत्पादन

धरान (सुनसरी) । सुनसरीको रामधुनी सबडिभिजन वन कार्यालयले प्रत्येक वर्ष...

सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव

सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव भएको...