back
CTIZAN AD

दानवीर पिताको नाममा पुत्रले गरे जग्गादान

वि.सं.२०७७ फागुन ३ सोमवार

543 

shares

३ फागुन, महोत्तरी । बर्दिबास नगरपालिका–१३ का सुवर्ण पौडेलले आफ्ना दिवङ्गत पिताको स्मृतिमा वडा कार्यालय भवन निर्माणका लागि करिब एक करोड मूल्यको जग्गा दान गरेका छन् । समाजसेवामा जग्गा दान र श्रम गर्नबाट कहिल्यै नथाक्ने स्व पिता कृष्णप्रसाद पौडेलको स्मृतिमा सुवर्णले एक करोड मूल्यको चार कठ्ठा नौ धुर जग्गा वडा कार्यालय भवन निर्माण प्रयोजनका लागि दान गरेका हुन् ।

बर्दिबास–१३ बिजलपुरा डाँडाटोलचोक नजिकै प्राप्त भएको जग्गामा अब वडा कार्यालय भवन बनाइने वडाध्यक्ष श्यामप्रसाद राउतको भनाइ छ । “वडा कार्यालयका लागि फराकिलो भवन र भवनका लागि जग्गा आवश्यक थियो”, वडाध्यक्ष राउतले भने, “सुवर्णले आफ्ना दानवीर पिताको स्मृतिमा जग्गा दिएर हामीलाई भवन निर्माणमा हौसाएका छन् ।” बर्दिबास–१३ वडा समितिका नाउँमा हालै दानपत्रबाट प्राप्त जग्गामा अब चाँडै भवन निर्माणको काम थालिने उनले बताए ।

सुवर्णले पिताको स्मृतिमा जग्गा दिएपछि उनकै सहोदर काकाका छोरा सत्य र विमल पौडेलबाट पनि वडा समितिलाई थप एक कठ्ठा जग्गा सोही कित्तामा जोडिएर निःशुल्क प्राप्त भएको वडा कार्यालयले जनाएको छ । “सुवर्णका पिताजी स्व कृष्णप्रसाद आफैँ दानवीर थिए”, वडाध्यक्ष राउतले भने, “सुवर्णले दानवीर पिताको सिको गर्दै सामाजिक क्षेत्रका काममा चासो बढाएका छन् । सुवर्णसँगै उनकै परिवारभित्रबाट थप जग्गा प्राप्त भएको छ ।”

स्व कृष्णप्रसादले यसअघि नेपाल रेडक्रस सोसाइटी बिजलपुरा उपशाखाको भवन निर्माणका लागि पाँच कठ्ठा, बिजलपुरा स्वास्थ्यचौकी भवन निर्माणका लागि पाँच कठ्ठा र डाँडाटोलस्थित जनता माध्यमिक विद्यालयको नयाँ भवन निर्माणका लागि चार कठ्ठा जग्गा दान गरेको राउतले स्मरण गरे । यसबाहेक साविक बिजलपुरा गाविस भवन निर्माणका लागि पनि स्व पौडेलबाट निःशुल्क जग्गा प्राप्त भएको राउतले उल्लेख गरे ।

“उनी स्व कृष्णप्रसाद जग्गादान गरेरमात्र हैन, हरेक सामाजिक काममा अग्रसर भएर सबैलाई हौस्याउँथे”, स्व पौडेलको सामाजिक कार्यमा अग्रसर भएर लाग्ने सेवाभाव सम्झँदै राउतले भने, “उनका काम सम्झेर हामीलाई सामाजिक काममा लाग्न प्रेरणा मिल्दछ ।” यसैबीच सुवर्णले जनता मावि डाँडाटोल बिजलपुराको स्वामित्व रहने गरी कृषिउपज बेचविखन तरकारी फसल बेच्ने ठाउँ, तरकारी बजारका लागि एक कठ्ठा १० धुर जग्गा दान गरेका छन् ।

“म यसै ठाउँमा जन्मे, हुर्के”, सुवर्णले भने, “स्व पिताजीले सामाजिक क्षेत्रमा देखाएका चासोलाई निरन्तरता दिएको हुँ ।” वडा कार्यालय भवनको जग्गा पास गरिदिएपछि आफ्नो ठाउँ तरकारी उत्पादनको पकेटक्षेत्र भएको हुँदा किसानको सुविधा बढाउन तरकारी बजारका लागि जग्गा दिने घोषणा गरेको सुवर्णले बताए । “हेर्नुहोस्, जन्मेपछि मर्नुपर्छ, मर्दा लादिएर कुनै सम्पत्ति आफूसँग जाने हैन”, सुवर्णले भने, “समाज हितमा लगाएको सम्पत्ति कहिल्यै नास हुँदैन, म त अरु हुनेलाई पनि मनकारी भएर सामाजिक क्षेत्रमा योगदान गर्न अपिल गर्छु ।”

बिजलपुरा डाँडाटोलका पौडेल परिवार भन्नासाथ बर्दिबास नगर क्षेत्रभित्र सम्मानभाव व्यक्त हुने गरेको बर्दिबास नगरप्रमुख विदुरकुमार कार्की बताउँछन् । पिताजी कृष्णप्रसादले दिएका सामाजिक योगदान स्मरणीय रहेको र सुवर्णले पिताको पदचिह्न पछ्याएर चासो बढाएका कार्कीको भनाइ छ ।

“स्व कृष्णप्रसादले दिएका जग्गामा रेडक्रस भवन, स्वास्थ्यचौकी भवन र विद्यालय भवन छन्”, नगरप्रमुख कार्कीले भने, “यी सबैले उनलाई सम्झाइरहनेछन् ।” समाजसेवामा सम्पत्ति दिएर र श्रम गरेर नथाक्ने पौडेलको चार वर्षअघि २०७४ सालमा निधन भएको समय दुःखद् क्षणका रूपमा कार्कीले सम्झे ।
रासस

वि.सं.२०७७ फागुन ३ सोमवार ११:४० मा प्रकाशित

हट्यो दाउन्नेको सास्ती, सहज बन्दै नारायणघाट–बुटवल यात्रा

हट्यो दाउन्नेको सास्ती, सहज बन्दै नारायणघाट–बुटवल यात्रा

मध्यविन्दु (नवलपरासी) । गत वर्षसम्म सामान्य वर्षा हुँदा पनि घण्टौँ...

जेन्जी अभियन्ता रक्षा वमको भावुक स्टाटस: “अलविदा गणेश, धेरै सतायो यो राज्यले, अब आराम गर”

जेन्जी अभियन्ता रक्षा वमको भावुक स्टाटस: “अलविदा गणेश, धेरै सतायो यो राज्यले, अब आराम गर”

काठमाडौं ।  जेन्जी अभियन्ता रक्षा वमले गणेशको आत्मदाह घटनापछि सामाजिक...

गणेश नेपालीको मृत्युबारे गृहमन्त्री बोल्दा सांसदले झारे आँसु

गणेश नेपालीको मृत्युबारे गृहमन्त्री बोल्दा सांसदले झारे आँसु

काठमाडौँ । राहदानी विभाग अगाडि मुगुका २५ वर्षीय गणेश नेपालीले...

रास्वपाकी सांसद रञ्जु दर्शना भन्छिन् – गणेश नेपाली प्रकरणबाट सरकारले पाठ सिक्नुपर्छ 

रास्वपाकी सांसद रञ्जु दर्शना भन्छिन् – गणेश नेपाली प्रकरणबाट सरकारले पाठ सिक्नुपर्छ 

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद रन्जु दर्शनाले...

आफैलाई आगो लगाएका गणेश नेपालीको मृत्यु

आफैलाई आगो लगाएका गणेश नेपालीको मृत्यु

काठमाडौँ । आफैलाई आगो लगाएका गणेश नेपालीको मृत्यु भएकाे छ...

नेपालीको स्वास्थ्य अवस्था स्थिर भएपछि मात्र थप उपचार गर्न भारत लैजान चिकित्सकको सुझाव

नेपालीको स्वास्थ्य अवस्था स्थिर भएपछि मात्र थप उपचार गर्न भारत लैजान चिकित्सकको सुझाव

काठमाडौँ । सरकारले चिकित्सकहरूको सुझावअनुसार जलनका बिरामी मुगु सोरु गाउँपालिका–१...