back
CTIZAN AD

संसद् विघटन गर्दा देखाइएको कारण ‘बदनियत र असंवैधानिक’ – वरिष्ठ अधिवक्ता कार्की

वि.सं.२०७७ फागुन ४ मंगलवार

651 

shares

४ फागुन, काठमाडौँ । प्रतिनिधिसभा विघटन गर्नुको जुन कारण देखाइएको छ त्यो बदनियत र असंवैधानिक भएको एमीकस क्युरीका एक सदस्यले बताएका छन् ।

संवैधानिक इजलासलाई प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा राय दिने क्रममा वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीले प्रतिनिधिसभा विघटनको कारण हेर्दा बदनियत र असंवैधानिक भएको देखिएको बताएका हुन् ।

सर्वोच्चको संवैधानिक इजलासमा बहस सुरु गर्दै कार्कीले प्रधानमन्त्रीको नियत नै खराब भएको बताए । उनले पार्टीभित्रको झगडालाई मुख्य कारण मानेर संसद् विघटन गर्नु असंवैधानिक भएको र त्यो आधारमा प्रधानमन्त्रीलाई विघटनको अधिकार नभएको बताएका छन ।

संसद् विघटन हुने संवैधानिक आधार र प्रक्रिया पूरा नभएसम्मका लागि विघटन गर्न नपाइने उनको भनाइ थियो । जनताबाट चुनिएका प्रतिनिधिबाट संसद बनेको र त्यही संसदले प्रधानमन्त्री बनाएको भन्दै प्रधानमन्त्री संसदप्रति जबाफदेही बन्नुपर्ने पनि उनको भनाई थियो ।

एमीकस क्युरीको आजदेखि सुरु भएको बहसमा वरिष्ठ अधिवक्ता कार्कीले राय दिएका हुन् । बुधबारदेखि बाँकी ४ जनाले क्रमशः राय दिनेछन् ।

यो मुद्दामा सर्वोच्च नेपाल बार एशोसिएशनबाट ३ जना र सर्वोच्च अदालत बार एशोसिएसनबाट २ जना एमिकस क्युरीमा सिफारिस भएका छन् । जसअनुसार नेपाल बारबाट बद्रीबहादुर कार्की, विजयकान्त मैनाली र सतीशकृष्ण खरेल तथा सर्वोच्च अदालत बार एशोसिएसनबाट पूर्णमान शाक्य र गीता पाठक एमिकस क्युरीको रुपमा चयन भएका छन् ।

एमिकस क्युरीको बहस आजदेखी

 

वि.सं.२०७७ फागुन ४ मंगलवार १७:५८ मा प्रकाशित

धार्मिक पर्यटकको आकर्षण बन्दै एक सय ८ धारा

धार्मिक पर्यटकको आकर्षण बन्दै एक सय ८ धारा

धरान (सुनसरी) । सुनसरीको रामधुनी नगरपालिका–४ स्थित ऐतिहासिक तथा धार्मिक...

हत्या आरोपमा एकै घरका तीन जना पक्राउ

हत्या आरोपमा एकै घरका तीन जना पक्राउ

खोटाङ । खुकुरी प्रहारबाट दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खास्थित मोरियाका ३८...

हट्यो दाउन्नेको सास्ती, सहज बन्दै नारायणघाट–बुटवल यात्रा

हट्यो दाउन्नेको सास्ती, सहज बन्दै नारायणघाट–बुटवल यात्रा

मध्यविन्दु (नवलपरासी) । गत वर्षसम्म सामान्य वर्षा हुँदा पनि घण्टौँ...

जेन्जी अभियन्ता रक्षा वमको भावुक स्टाटस: “अलविदा गणेश, धेरै सतायो यो राज्यले, अब आराम गर”

जेन्जी अभियन्ता रक्षा वमको भावुक स्टाटस: “अलविदा गणेश, धेरै सतायो यो राज्यले, अब आराम गर”

काठमाडौं ।  जेन्जी अभियन्ता रक्षा वमले गणेशको आत्मदाह घटनापछि सामाजिक...

ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो  : प्रधानमन्त्री शाह

ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण,...

दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

काठमाडौँ । सरकारले दक्षिणपूर्वका कम्बोडिया, म्यानमार, लावस र थाइल्याण्डको सीमा...