back
CTIZAN AD

यस्तो छ हेर्नुहोस् नेपालमा फागुन ५ गतेसम्मको कोरोना अपडेटको पूर्ण विवरण

वि.सं.२०७७ फागुन ५ बुधवार

780 

shares

५ फागुन, काठमाडौं । नेपालमा बुधबार (५ फागुन) सम्म पिसीआर प्रविधिबाट २१ लाख २७ हजार ७८९ वटा कोरोना भाइरस (कोभिड–१९) को नमुना परीक्षण गरिएको छ ।

पछिल्लो २४ घण्टामा देशैभरी पिसीआर प्रविधिबाट ३ हजार ८३८ नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
त्यसैगरी हालसम्म देशैभरी कोरोनाका सक्रिय संक्रमित १ हजार ६२१ जना रहेका छन् । ती मध्ये देशका विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरहरुमा ९९१ जनाको उपचार भइरहेको छ । साथै होम आइसोलेसनमा बस्नेको संख्या ६३० रहेको छ ।

त्यस्तै देशभरका विभिन्न अस्पतालका आइसीयुमा ६१ जना संक्रमित उपचाररत छन् । मन्त्रालयका अनुसार प्रदेश नं १ मा १ जना, बागमती प्रदेशमा ७ जना, गण्डकी प्रदेशमा २४, लुम्बिनी प्रदेशमा ३ जना गरी ६३ जना आइसीयुमा उपचाररत छन् ।

त्यसैगरी बागमती प्रदेशमा ७ जना, गण्डकी प्रदेशमा २ जना र लुम्बिनी प्रदेशमा ३ जना र सुदूरपश्चिममा गरी जम्मा १३ जना भेन्टिलेटरमा उपचाररत छन् ।

त्यस्तै ५०० भन्दा बढी संक्रमित उपचार रहेको जिल्ला काठमाडौं रहेको छ भने क्वारेन्टिनमा ७२ जना रहेका छन् । साथै शून्य संक्रमित रहेका जिल्लाहरुमा भोजपुर, सोलुखुम्बु, मुस्ताङ, मुगु, रुकुमपश्चिम र अछाम रहेका छन् ।

आज थपिएका १२५ जनासँगै नेपालमा हालसम्मको कूल संक्रमितको संख्या २ लाख ७३ हजार ७० पुगेको छ । साथै आज ९१ जना निको भएसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या २ लाख ६९ हजार ३९४ पुगेको छ । कूल संक्रमित मध्ये निको हुनेको यो दर ९८.७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा निधन हुनेको संख्या शून्य रहेको छ मन्त्रालयका अनुसार नेपालमा हालसम्म संक्रमणबाट ज्यान गुमाउनेको संख्या २०५५ रहेको छ ।

पछिल्लो २४ घण्टामा थपिए १२५ संक्रमित, ९१ जना संक्रमणबाट मुक्त
पछिल्लो २४ घण्टामा देशैभरी १२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशैभरी गरिएको ३ हजार ८३८ नमुना परीक्षणमा १२५ जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमित हुनेमा महिला ४८ र पुरुष ७७ जना रहेका छन् । आज थपिएका १२५ जनासँगै नेपालमा कोरोना संक्रमितको कूलसंख्या २ लाख ७३ हजार ७० पुगेको छ ।

त्यसैगरी आज देशैभरी ९१ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका ९१ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको कूलसंख्या २ लाख ६९ हजार ३९४ पुगेको छ । निको हुनेको यो दर ९८.७ प्रतिशत हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा देशैभरी कोरोना संक्रमणबाट निधन हुनेको संख्या शून्य रहेको छ । मन्त्रालयका अनुसार हालसम्म संक्रमणबाट ज्यान गुमाउनेको संख्या २०५५ रहेको छ । पछिल्ला केही दिन यता संक्रमणबाट निधन हुनेको संख्या शून्य रहेको छ ।

कति छन् त सस्थागत आइसोलेशनमा ?
स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म ९९१ जना कोरोना संक्रमित होम संस्थागत रहेका छन् ।

जसमा प्रदेश नं १ मा ४, बागमती प्रदेशमा ८१३, गण्डकी प्रदेशमा ९ लुम्बिनी प्रदेशमा १०९, कर्णाली प्रदेशमा ४ र सुदूरपश्चिम प्रदेशमा ५२ जना गरी ९९१ जना विभिन्न अस्पताल तथा संस्थागत आइसोलेशन उपचारत छन् । साथै होम आइसोलेशनमा ६३० जना रहेको मन्त्रालयले दिएको विवरणमा उल्लेख छ ।

यस्तो छ हेर्नुहोस् नेपालमा ४ फागुनसम्मको कोरोना अपडेटको पूर्ण विवरण

वि.सं.२०७७ फागुन ५ बुधवार १७:१३ मा प्रकाशित

धार्मिक पर्यटकको आकर्षण बन्दै एक सय ८ धारा

धार्मिक पर्यटकको आकर्षण बन्दै एक सय ८ धारा

धरान (सुनसरी) । सुनसरीको रामधुनी नगरपालिका–४ स्थित ऐतिहासिक तथा धार्मिक...

हत्या आरोपमा एकै घरका तीन जना पक्राउ

हत्या आरोपमा एकै घरका तीन जना पक्राउ

खोटाङ । खुकुरी प्रहारबाट दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खास्थित मोरियाका ३८...

हट्यो दाउन्नेको सास्ती, सहज बन्दै नारायणघाट–बुटवल यात्रा

हट्यो दाउन्नेको सास्ती, सहज बन्दै नारायणघाट–बुटवल यात्रा

मध्यविन्दु (नवलपरासी) । गत वर्षसम्म सामान्य वर्षा हुँदा पनि घण्टौँ...

जेन्जी अभियन्ता रक्षा वमको भावुक स्टाटस: “अलविदा गणेश, धेरै सतायो यो राज्यले, अब आराम गर”

जेन्जी अभियन्ता रक्षा वमको भावुक स्टाटस: “अलविदा गणेश, धेरै सतायो यो राज्यले, अब आराम गर”

काठमाडौं ।  जेन्जी अभियन्ता रक्षा वमले गणेशको आत्मदाह घटनापछि सामाजिक...

ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो  : प्रधानमन्त्री शाह

ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण,...

दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

काठमाडौँ । सरकारले दक्षिणपूर्वका कम्बोडिया, म्यानमार, लावस र थाइल्याण्डको सीमा...