back
CTIZAN AD

विद्यार्थीहरुको उदाहरणीय कार्य, गुरुपूर्णमाका दिन गुरुलाई घर उपहार

वि.सं.२०७७ फागुन ६ बिहीवार

918 

shares

६ फागुन, चितवन । तपाई गुरुपूर्णिमामा आफूलाई पढाएका गुरुलाई के उपहार दिनुहुन्छ धेरैजसोको जवाफ हुन्छ केही थुँगा फूल, मिठाइ अनि गुरुको खुट्टा वा हात ढोगेर गुरुको आर्शिवाद । धेरै विद्यार्थीले गुरु पूर्णिमाका दिन यहि गर्छन् ।

तर, चितवनका एक विद्यालमा पढेका पूर्व विद्यार्थीहरुले भने आफ्ना गुरुका लागि २३ लाख खर्चिएर बस्ने सुन्दर घर बनाइदिएका छन् ।

उनीहरुले २०७६ सालको गुरुपूर्णिमामा जगर खन्न सुरु गरेर २०७७ सालमा गुरुका लागि चारकोठे घर र घरभित्र विभिन्न सामग्रीहरुका लागि २३ लाख जोगाड गरेर घर बनाइदिएका हुन् ।

यस्तो उदाहरणीय काम गरेका हुन् चितवनको खरहनीस्थित कंकाली माविका विद्यार्थीले । त्यहि विद्यालयबाट शिक्षा लिएका पूर्वविद्यार्थीहरुले आफूलाई पढाएका गुरु पशुपतिलाल कर्णका लागि घर निर्माण गरेर सरस्वती पूजाको दिन बिभिन्न कार्यक्रमको आयोजना गरेर घर उपहार दिएका हुन् ।

यसको नेतृत्व गरेका हुन् पूर्वविद्यार्थी कारी महतोले । महतोले कंकाली माविमै कखरा चिनेर अहिले आफै शिक्षक भएर सोहि स्कुलमा पढाएका छन् । कर्णले सबैलाई पढ्नका लागि प्रेरणा दिएको पनि उनी बताउँछन् ।

२०२४ सालमा खुलेको उक्त कंकाली स्कुलमा कर्णले २०२७ सालदेखि २०६९ सम्म पढाएका थिए ।

पूर्बी मधेश सिराहाको धनगढी माई नगरपालिका नैनरपुरबाट चितवन आएका कर्णले आफ्नो सारा जीवन शिक्षक पेशामा विताए । सक्दासम्म पढाउँछु भन्ने उनको रहर भएपनि उमेर हदले अहिले उनले अवकास पाएका छन् । साथै कर्णको अर्को इच्छा पनि थियो कि आफूले पढाएको स्कुल हेदै जीवनका अन्तिम क्षणहरु विताउने ।

कर्णले जागिरकै दौरान स्कुल अगाडि सात धुर जमिन पनि किनेका थिए । तर, श्रीमतीलाई क्यान्सर भएको र उनको उपचारमा लाग्नु परेका कारण उनले घर बनाउन भने सकेका थिएनन् । आफ्नो दुःख देखेरै हुर्केका र पढेका विद्यार्थीहरुले आफ्नो मनोभावना बुझेर गुरु दक्षिणका रुपमा घर अर्पण गरेकोमा उनले खुसी व्यक्त गरे ।

वि.सं.२०७७ फागुन ६ बिहीवार ०८:५३ मा प्रकाशित

हट्यो दाउन्नेको सास्ती, सहज बन्दै नारायणघाट–बुटवल यात्रा

हट्यो दाउन्नेको सास्ती, सहज बन्दै नारायणघाट–बुटवल यात्रा

मध्यविन्दु (नवलपरासी) । गत वर्षसम्म सामान्य वर्षा हुँदा पनि घण्टौँ...

जेन्जी अभियन्ता रक्षा वमको भावुक स्टाटस: “अलविदा गणेश, धेरै सतायो यो राज्यले, अब आराम गर”

जेन्जी अभियन्ता रक्षा वमको भावुक स्टाटस: “अलविदा गणेश, धेरै सतायो यो राज्यले, अब आराम गर”

काठमाडौं ।  जेन्जी अभियन्ता रक्षा वमले गणेशको आत्मदाह घटनापछि सामाजिक...

गणेश नेपालीको मृत्युबारे गृहमन्त्री बोल्दा सांसदले झारे आँसु

गणेश नेपालीको मृत्युबारे गृहमन्त्री बोल्दा सांसदले झारे आँसु

काठमाडौँ । राहदानी विभाग अगाडि मुगुका २५ वर्षीय गणेश नेपालीले...

रास्वपाकी सांसद रञ्जु दर्शना भन्छिन् – गणेश नेपाली प्रकरणबाट सरकारले पाठ सिक्नुपर्छ 

रास्वपाकी सांसद रञ्जु दर्शना भन्छिन् – गणेश नेपाली प्रकरणबाट सरकारले पाठ सिक्नुपर्छ 

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद रन्जु दर्शनाले...

आफैलाई आगो लगाएका गणेश नेपालीको मृत्यु

आफैलाई आगो लगाएका गणेश नेपालीको मृत्यु

काठमाडौँ । आफैलाई आगो लगाएका गणेश नेपालीको मृत्यु भएकाे छ...

नेपालीको स्वास्थ्य अवस्था स्थिर भएपछि मात्र थप उपचार गर्न भारत लैजान चिकित्सकको सुझाव

नेपालीको स्वास्थ्य अवस्था स्थिर भएपछि मात्र थप उपचार गर्न भारत लैजान चिकित्सकको सुझाव

काठमाडौँ । सरकारले चिकित्सकहरूको सुझावअनुसार जलनका बिरामी मुगु सोरु गाउँपालिका–१...