back
CTIZAN AD

अनेसास ओसियाना क्षेत्रका च्याप्टरहरूको भेला सम्पन्न

वि.सं.२०७७ फागुन ७ शुक्रवार

753 

shares

७ फागुन, काठमाडौं । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले ओसियाना क्षेत्रका च्याप्टरहरूको अनलाइन भेला हालै सम्पन्न गरेको छ ।

महादेशीय रुपमा आफ्नो गतिविधि बढाउने उदेश्यअनुरुप उक्त क्षेत्रका च्याप्टरहरूको प्रतिनिधि र केन्द्रीय प्रतिनिधि बिच अनलाइन भेला सम्पन्न गरेको हो ।

केन्द्रीय उपाध्यक्ष राजेश बुढाथोकीको संयोजनमा सम्पन्न सो भेलामा डा केशव शर्मा (अध्यक्ष( ब्रिस्वेन च्याप्टर), चन्द्र तिवारी (अध्यक्ष (क्यानवेरा च्याप्टर), प्रवीन टण्डन (एन एस ड्ब्लु च्याप्टर सचिव), रिजा प्रधान (पर्थ च्याप्टर उपाध्यक्ष), शेखर घिमिरे (पर्थ च्याप्टर महासचिव), दीपक सुवेदी (पर्थ च्याप्टर सचिव), भुवन खड्का (पर्थ च्याप्टर कार्यसमिति सदस्य), लक्ष्मी सापकोटा (पर्थ च्याप्टर पूर्व कार्यसमिति सदस्य तथा हाल साउथ अष्ट्रेलियाका सक्रिय साहित्य सेवी), भीमसेन सापकोटा (पूर्वउपाध्यक्ष तथा सद्भावना दूत अनेसास केन्द्रीय कार्यसमिति), साहित्यकार प्रकाश पन्थीलगायतले आ–आफ्नो विचार प्रस्तुत गरेका थिए ।

कार्यक्रममा अनेसास केन्द्रीय अध्यक्ष प्रकाश पौडेल माइला, वरिष्ठ उपाध्यक्ष गोवद्र्धन पूजा, उपाध्यक्ष राजेन्द्र श्रेष्ठ, महासचिव सर्वज्ञ वाग्ले, सचिव विमला निरौला र कोषाध्यक्ष कृष्णकुमार गिरीले भेलाको उपादेयताबारे प्रकाश पारेका थिए ।

कार्यक्रममा केन्द्रीय सदस्यहरू डा. रेणुका सोलु, निजानन्द मल्ल, महेश्वर शर्मा, तारा अधिकारी, लगायतले पनि सहभागिता जनाएका थिए ।
अनेसास बोर्ड अफ ट्रष्टिका अध्यक्ष गीता खत्री, उपाध्यक्षद्वय पुरु सुवेदी र पदम विश्वकर्माको पनि कार्यक्रममा सहभागिता रहेको थियो ।

वि.सं.२०७७ फागुन ७ शुक्रवार १३:०२ मा प्रकाशित

कविता : आमा तिमी इश्वर

कविता : आमा तिमी इश्वर

अलख निरन्जन लोहार टीकापुर , कैलाली हाल : भारत आमा...

चारु

चारु

डा. ठाकुर माेहन श्रेष्ठ,काठमाडौँ झुटो आरोप नलगाऊनु हतारमा पत्याउनेको कमी...

झिल्का कविताहरू

झिल्का कविताहरू

बाबुराम गौतम, गुल्मी १. सपना नछोड्नू कहिल्यै ताकेको लक्ष्य छुट्नसक्छ...

सुसेली : आदिकविमा समर्पित

सुसेली : आदिकविमा समर्पित

रामप्रसाद अधिकारी अजिरकोट ३ , गोरखा १ भानुका कुरा गर्नुपर्छ...

गजल

गजल

रमा खतिवडा,पोखरा खोज्छ हाँस्दै रम्न सकभर जिन्दगी बन्छ हरपल दु:खको...

कविता : हे भानु आऊ अब

कविता : हे भानु आऊ अब

विदुर अधिकारी,रामपुर, चितवन जन्म्यौ भानु असार मास दिनको, उन्तीस जाँदा...