back
CTIZAN AD

पत्रकार महासङ्घ युरोपको एकै दिन समानान्तर अधिवेशन

वि.सं.२०७७ फागुन ९ आइतवार

753 

shares

९ फागुन । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले नेपालको राजनीतिक गतिरोध छिट्टै अन्त्य हुने बताएका छन् । नेपाल पत्रकार महासङ्घ युरोप शाखाको चौथो अधिवेशनको भर्चुअल माध्यमबाट उद्घाटन गर्दै उनले नेपालको राजनीतिक अवस्था बारेमा त्यति धेरै चिन्ता लिनुपर्ने आवश्यकता नभएकोले तत्काल समस्या देखिए पनि राजनीतिक दलहरु आपसी छलफल गरी निचोडमा छिट्टै पुग्ने विश्वास व्यक्त गरे । उनले सरकार र पत्रकारबीच घनिष्ठ सम्बन्ध रहेको उल्लेख गर्दै महासङ्घको नयाँ नेतृत्वसँग आगामी दिनमा सहकार्य गर्दै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा बेल्जियम, जर्मनी, डेनमार्क र फ्रान्सका लागि नेपाली राजदूतहरू राजदूत गेहेन्द्र राजभण्डारी, रामकाजी खडका, युवनाथ लम्साल र दीपक अधिकारी, पत्रकार महासङ्घका केन्द्रिय सचिव लक्ष्मी पुन, गैरआवासीय नेपाली सङ्घका केन्द्रिय महासचिव डा हेमराज शर्मा, एनआरएनए युरोप संयोजक नारायण आर्चाय, नेपाल पत्रकार महासङ्घ बेलायतका अध्यक्ष नरेश खपाङ्गी मगर, बिबिसी नेपाली सेवाका पूर्व पत्रकार भगीरथ योगी तथा प्रेस युनियन बेलायतका अध्यक्ष विपिन निरौलाले अधिवेशन सफलताको शुभकामना दिएका थिए ।

अमगाईं समूहको पनि छुट्टै अधिवेशन
युरोप शाखाका कार्यवाहक अध्यक्ष डिल्लीराम अमगाईं समूहले पनि समानान्तर शाखाको चौथो अधिवेशन गरेको छ । अमगाईंले केजिन राई समूहले महासङ्घको विधि विधान मिचेर एकलौटी ढङ्गले महासङ्घ चलाउन खोजेको भन्दै विवाद चुलिएकाले छुट्टै अधिवेशन गर्नुपरेको बताए ।
अधिवेशन उद्घाटन कार्यक्रममा बिबिसी नेपाली सेवाका पूर्व पत्रकार योगीले समाज परिवर्तनमा अहम् भूमिका खेल्ने पत्रकारहरू विभाजित हुँदा समाजमा सकारात्मक सन्देश नजाने बताउँदै चौथो अधिवेशन एकताको अधिवेशन हुनुपर्नेमा जोड दिए।

अधिवेशनमा वरिष्ठ पत्रकार एवं विश्लेषक नरेन्द्रजङ्ग पिटरले विश्वकै विकसित युरोपेली मुलुकमा पुग्दा पनि हाम्रो विभाजित मानसिकतालाई हामीले अध्यागमन विभागमा छाडेर जान नसक्नु ठूलो बिडम्वना भएको बताए । उनले प्रवासमा भएका नेपाली पत्रकारहरुले युरोपेली मुलुकहरुको राजनीतिक संरचना र विकासको संरचनाका बारेमा अध्ययन गर्दै रिपोर्टिङ गर्नुपर्नेमा आफैँ विभाजित भएर छुट्टाछुट्टै अधिवेशन गर्न नहुने बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासङ्घका केन्द्रिय उपाध्यक्ष विपुल पोखरेल, महासङ्घ पूर्वअध्यक्ष तारानाथ दाहाल, प्रेस युनियन युरोपका अध्यक्ष सञ्जय कँडेल, एनआरएनए युरोप संयोजक नारायण आचार्य, एनआरएन केन्द्रिय सदस्य सुवास जोशी, बेल्जियमका महासचिव तीर्थराज धमला, जनसम्पर्क समिति बेल्जियमका सभापति सीता सापकोटा, जन प्रगतिशील मोर्चा युरोपका अध्यक्ष विष्णु भुजेल, मोर्चा पोर्चुगल अध्यक्ष पूर्ण विश्वकर्मा, नेपाली समाज बेल्जियमका अध्यक्ष नेत्र मगर र युरोप पत्रकार महासङ्घ बेल्जियमका अध्यक्ष ओम शर्माले अधिवेशनको सफलताको शुभकामना व्यक्त गर्दै युरोप शाखामा देखिएको समस्या छिटोभन्दा छिटो हल हुनेमा विश्वास व्यक्त गरेका थिए ।

वि.सं.२०७७ फागुन ९ आइतवार १९:५१ मा प्रकाशित

नेजस नर्बेको ११ औं रनिङ्ग कप भलिबल प्रतियोगिताको अन्तिम तयारी पूरा

नेजस नर्बेको ११ औं रनिङ्ग कप भलिबल प्रतियोगिताको अन्तिम तयारी पूरा

प्रेमपरियार, नर्वे । नेपाली जन सम्पर्क समिति जे एस एस...

‘ब्रेन ड्रेन’ लाई ‘ब्रेन गेन’ मा रूपान्तरण गर्ने एनआरएनएको अभियान

‘ब्रेन ड्रेन’ लाई ‘ब्रेन गेन’ मा रूपान्तरण गर्ने एनआरएनएको अभियान

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्किल, नलेज एण्ड...

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

दोहा । नेपाली महिला समाज कतारको १५औँ स्थापना दिवस तथा...

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

लन्डन । नेपालका वरिष्ठ कम्युनिस्ट नेता मोहन विक्रम सिंहले बेलायत...

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वे । एनआरएनए नर्वेको आयोजनामा भएको मैत्रीपूर्ण एभरेष्ट कप फूटबल...

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्...