१० फागुन, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सातदिनभित्र कोरोना विमितहरुको सहि विवरण पठाउन निर्देशन दिएको छ ।
मन्त्रालयले कोरोना संक्रमितहरुद्धारा दावी गरिएको कोरोना बिमा भुक्तानी प्रमाणिकरणको क्रममा मिति नमिलेको तथा संक्रमण पुष्टि नभएको भन्दै सात दिनभित्रमा सहि विवरण पठाउन निर्देशन दिएको हो ।
त्यस्तै केही व्यक्तिहरुको विवरण कोभिड १९ परीक्षण गरिएको मितिभन्दा अगाडिको मितिमा नै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला /इडिसीडीमा रिपोर्टिङ भएको पाइएको हुनाले ती विवरणमा कोरोना वीमा दावी भुक्तानीका लागि प्रमाणिकरण अयोग्य भएको पनि मन्त्रालयद्धारा सोमबार जारी विज्ञप्तिमा भनिएको छ ।
मन्त्रालयले तोकिएअनुसार रिर्पोटिङ नगरिएको पाइएमा त्यस्ता प्रयोगशालाको सम्बन्धन खारेजी तथा नियम अनुसार काराबाही गरिने चेतावनी समेत दिएको छ ।

वि.सं.२०७७ फागुन १० सोमवार १७:४३ मा प्रकाशित






























