फागुन ११, काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्व सर्वोच्च अदालतमा परेको रिटमाथि आज सुनुवाई हुँदैछ । यसअघि गत शुक्रबार एमिकस क्यूरीका कानून व्यवसायीहरुले राय दिएसँगै बहस सकिएको थियो ।
बहस सकिँदै गर्दा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले फागुन १० गते (सोमबार)भित्र बहस नोट बुझाउन पक्ष, विपक्ष र एमिकस क्यूरीका कानून व्यवसायीलाई आदेश गरेका थिए ।
फागुन ७ गतेको इजलासमा उनले ११ गते पनि फैसला आउन सक्ने पनि बताएका थिए।
‘हेर्दाहेर्दै ११ गते सकियो भने त्यही दिन फैसला हुन पनि सक्छ, १२ गते सकियो भने त्यही दिन पनि फैसला हुन सक्छ,’ शुक्रबारको इजलासमा प्रधानन्यायाधीश राणाले भनेका थिए।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ मा प्रतिनिधि विघटन गरेकी थिइन् । संसद विघटन गरेसँगै सर्वोच्चमा विघटनको कदम गलत भन्दै १३ थान रिट निवेदन दर्ता भएका थिए ।
विघटनको विरुद्धमा दर्ता निवेदनमाथि गत माघ ४ देखि निरन्तर सुनुवाई चलिरहेको थियो । जसमा रिट निवेदक पक्ष, सरकारी पक्ष, प्रधानमन्त्रीका निजी कानून व्यवसायी र एमिकस क्युरीका कानून व्यवसायीले बहस गरेका थिए ।
सम्बन्धित समाचार
वि.सं.२०७७ फागुन ११ मंगलवार ११:४९ मा प्रकाशित






























