back
CTIZAN AD

प्रचण्डलाई ओलीको जवाफ – संसद पुनर्स्थापना हुँदैमा केहि फरक पर्दैन्

वि.सं.२०७७ फागुन ११ मंगलवार

612 

shares

फागुन ११, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद पुनर्स्थापना हुँदैनमा केहि फरक नपर्ने बताएका छन् । मंगलबार आफुँ पक्षीय राष्ट्रिय यूवा संघको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै उनले संसद पुनर्स्थापना हुँदैमा प्रचण्ड प्रधानमन्त्री बन्न नपाउने बताए ।

‘पुनर्स्थापना भए के हुन्छ ?’, ओलीको प्रश्न छ, ‘प्रचण्ड जी र माधव नेपाल जी हल बाँधेर प्रधानमन्त्री खोज्न हिँड्नुहुन्छ, उहाँहरुको कुनै चान्स छ प्रधानमन्त्री हुने ? एक प्रतिशत पनि छैन् ।’

ओलीले अन्तिममा आफुँ नै पुनः प्रधानमन्त्री हुने पनि दाबी गरे । ‘जितेमा पनि प्रधानमन्त्री खोज्दै हिँड्ने अवस्था हुन्छ, उत्तर दक्षिण धाउँदा धाउँदै लास्टमा उहाँहरु मकहाँ आउनुपर्छ’, उनले भने ।

अदालतले वर्तमान राजनीतिक स्थिति बुझेको भन्दै पुनर्स्थापनाको निर्णयमा नजाने उनको भनाई छ । ‘अदालतलाई राम्रोसँग थाहा छ’, ओलीले भने, ‘त्यस्तो अस्थिरतातर्फ अदालतले जान देला भन्ने मलाई विश्वास छैन् ।’

बहमुतको प्रधानमन्त्रीले सरकार चलाउन सहज नभएको अवस्थामा संसद विघटन गर्ने परिपाटी भएको भन्दै विघटन सामान्य प्रक्रिया भएको ओलीको जिकिर छ ।

मंगलबार एक सार्वजनिक कार्यक्रममा बोल्दै विभाजित नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अदालतले संसद पुनस्र्थापनाको पक्षमा फैसला गर्ने बताएका थिए । ओलीले लडाईँ हारिसकेको उनको भनाई थियो ।

याे पनि…

अदालतले हाम्रै पक्षमा फैसला गर्नेछ : प्रचण्ड

एक अर्को प्रसङ्गमा बोल्दै उनले प्रचण्ड–नेपाल समूह झिंगा र आफ्नो पक्ष कर्मी मौरी भएको बताए । पुर्नगठित यूवा संघको केन्द्रीय समितिलाई धन्यवाद दिँदै ओलीले युवाहरुले फोहोर छुट्याउन सक्ने बताए ।

‘हामी कर्मी मौरीजस्ता हौं, हामी बगैंचाबाट घार बनाउँछौं, झिँगाको पछाडि गए फोहोरको डंगुरमा पुगीन्छ, आफुँ पनि रोगी भईन्छ अरु पनि रोगी हुन्छन्’, उनले भने, ‘तपाईँहरु विवेकी हुनुहुन्छ, तपाईँहरुले फरक छुट्याउनु भयो ।’

वि.सं.२०७७ फागुन ११ मंगलवार १७:०१ मा प्रकाशित

धार्मिक पर्यटकको आकर्षण बन्दै एक सय ८ धारा

धार्मिक पर्यटकको आकर्षण बन्दै एक सय ८ धारा

धरान (सुनसरी) । सुनसरीको रामधुनी नगरपालिका–४ स्थित ऐतिहासिक तथा धार्मिक...

हत्या आरोपमा एकै घरका तीन जना पक्राउ

हत्या आरोपमा एकै घरका तीन जना पक्राउ

खोटाङ । खुकुरी प्रहारबाट दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खास्थित मोरियाका ३८...

हट्यो दाउन्नेको सास्ती, सहज बन्दै नारायणघाट–बुटवल यात्रा

हट्यो दाउन्नेको सास्ती, सहज बन्दै नारायणघाट–बुटवल यात्रा

मध्यविन्दु (नवलपरासी) । गत वर्षसम्म सामान्य वर्षा हुँदा पनि घण्टौँ...

जेन्जी अभियन्ता रक्षा वमको भावुक स्टाटस: “अलविदा गणेश, धेरै सतायो यो राज्यले, अब आराम गर”

जेन्जी अभियन्ता रक्षा वमको भावुक स्टाटस: “अलविदा गणेश, धेरै सतायो यो राज्यले, अब आराम गर”

काठमाडौं ।  जेन्जी अभियन्ता रक्षा वमले गणेशको आत्मदाह घटनापछि सामाजिक...

ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो  : प्रधानमन्त्री शाह

ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण,...

दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

काठमाडौँ । सरकारले दक्षिणपूर्वका कम्बोडिया, म्यानमार, लावस र थाइल्याण्डको सीमा...