११ फागुन, काठमाडौं । नेपालमा मंगलबार (११ फागुन) सम्म पिसीआर प्रविधिबाट २१ लाख ४६ हजार ५३३ वटा कोरोना भाइरस (कोभिड–१९) को नमुना परीक्षण गरिएको छ ।
पछिल्लो २४ घण्टामा देशैभरी पिसीआर प्रविधिबाट ३ हजार २१८ नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
त्यसैगरी हालसम्म देशैभरी कोरोनाका सक्रिय संक्रमित १ हजार ५३३ जना रहेका छन् । ती मध्ये देशका विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरहरुमा १००६ जनाको उपचार भइरहेको छ । साथै होम आइसोलेसनमा बस्नेको संख्या ५२७ रहेको छ ।
त्यस्तै देशभरका विभिन्न अस्पतालका आइसीयुमा ४६ जना संक्रमित उपचाररत छन् । मन्त्रालयका अनुसार बागमती प्रदेशमा २२, गण्डकी प्रदेशमा ६, लुम्बिनी प्रदेशमा १६ र कर्णाली प्रदेशमा २ जना गरी ४६ जना आइसीयुमा उपचाररत छन् ।
त्यसैगरी बागमती प्रदेशमा ६ जना, गण्डकी प्रदेशमा ३ जना, लुम्बिनी प्रदेशमा २ जना र सुदूरपश्चिममा १ जना गरी जम्मा १२ जना भेन्टिलेटरमा उपचाररत छन् ।
त्यस्तै ५०० भन्दा बढी संक्रमित उपचार रहेको जिल्ला काठमाडौं रहेको छ भने क्वारेन्टिनमा ६८ जना रहेका छन् । साथै शून्य संक्रमित रहेका जिल्लाहरुमा खोटाङ, सोलुखुम्बु, मुस्ताङ, मुगु, रुकुमपश्चिम र अछाम रहेका छन् ।
आज थपिएका ११० जनासँगै नेपालमा कोरोनाका कूल संक्रमितको संख्या २ लाख ७३ हजार ६६६ पुगेको छ । साथै आज १०२ जना निको भएसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या २ लाख ७० हजार ६८ पुगेको छ । कूल संक्रमित मध्ये निको हुनेको यो दर ९८.७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा ४ जना संक्रमतिको निधन भएको छ । मन्त्रालयका अनुसार आज थपिएका ४ जनासँगै नेपालमा हालसम्म संक्रमणबाट ज्यान गुमाउनेको संख्या २०६५ रहेको छ ।
आज देशैभरी ११० जनामा कोरोना संक्रमण, ४ जनाको मृत्यु
पछिल्लो २४ घण्टामा देशैभरी ११० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशैभरी गरिएको ३,२१८ नमुना परीक्षणमा ११० जनामा संक्रमण पुष्टि भएको हो ।
संक्रमित हुनेमा महिला ३९ र पुरुष ७१ जना रहेका छन् । आज थपिएका ११० जनासँगै नेपालमा कोरोना संक्रमितको कूलसंख्या २ लाख ७३ हजार ६६६ पुगेको छ ।
त्यसैगरी आज देशैभरी १०२ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका १०२ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको कूलसंख्या २ लाख ७० हजार ६८ पुगेको छ । निको हुनेको यो दर ९८.७ प्रतिशत हो ।
त्यस्तै पछिल्लो २४ घण्टामा देशैभरी ४ जना कोरोना संक्रमितको निधन भएको छ । केहीदिनयता मृत्यु हुनेको संख्या शून्य रहेृकोमा आज ४ जना संक्रमितको मृत्यु भएको हो ।
मन्त्रालयका अनुसार आज थपिएका ४ जनासँगै हालसम्म ज्यान गुमाउनेको संख्या २०६५ रहेको छ ।
कति छन् त सस्थागत आइसोलेशनमा ?
स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म ९९५ कोरोना संक्रमित संस्थागत आइसोलेशनमा रहेका छन् ।
प्रदेश नं १ मा ३, बागमती प्रदेशमा ८२१, गण्डकी प्रदेशमा ३१, लुम्बिनी प्रदेशमा ९७, कर्णाली प्रदेशमा ३ र सुदूरपश्चिम प्रदेशमा ५१ जना गरी १००६ जना विभिन्न अस्पताल तथा संस्थागत आइसोलेशन उपचारत छन् । साथै होम आइसोलेशनमा ५२७ जना रहेको मन्त्रालयले दिएको विवरणमा उल्लेख छ ।
यस्तो छ हेर्नुहोस् नेपालमा हालसम्मको कोरोना अपडेटको पूर्ण विवरण
वि.सं.२०७७ फागुन ११ मंगलवार १७:०८ मा प्रकाशित






























