back

जीवनमा डरलाग्दो सुनामी ल्याएर गइन् उनी

वि.सं.२०७३ माघ १५ शनिवार

303 

shares
NTC AD
Global IME AD

prakash-raiझण्डै ४ बर्षको मलेसिया बसाइपछि परिवारसँगको भेटघाट र आफ्नो जन्मभूमिको माटो चुम्ने रहरले अत्तालिएको म १ महिनाको छुट्टिमा मातृभूमि फर्के ।

मन, त्यति खुसि थिएन किन हो कुन्नी विगतका पीडा र कसैले दिएको चोटले पनि हुन सक्छ जसलाई मैले आफ्नो सम्झेर सर्वस्व सुम्पेको थिए । छोराछोरीको भार उमाथि थपिदिएको थिए । तर, समय र परिस्थितिकै बाध्यता होला त्यो मैले स्वीकारेको थिए । मनमा पीडाको हुण्डरीले छोएको भएपनि एउटा बाबुको कर्तव्य, जिम्मेवारी र मायाका कारण छोराछोरीका खुसी मन खुसी बनाएर उनीहरूलाई कुनै पीडा महसुस हुन दिएको थिएन ।

बैशाखको चर्को घाममा आमा भएर पनि टुहुरीजस्तै बनेका मेरा दुइ छोरीहरू त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आएर मलाइ कुरिरहेका थिए । सात सुमद्रपारीबाट बाबा आउँदा उनीहरू आँखामा खुसीको आँसु लिएर विगतमा पाएका दुःख विर्सेर मेरो अंगालोमा बाधिएर बेस्सरी भक्कानीएका थिए । एयरपोर्टबाट हामी तीन बाबाछोरीहरु ट्याक्सीको दुइघण्टा यात्रापछि आफ्नो बासस्थान पुग्यौ । त्यहाँ सानो छोरा, अर्की छोरी र नाति पनि सँगै थिए । उनीहरुले सेतो कापीमा स्वागतम बाबा भन्ने सब्दले मलाइ स्वागत गरेका थिए । त्यतिबेला छोराछोरीले देखाएको त्यो माया र व्यवहार देख्दा बाबा आमाले मात्रै होइन की छोराछोरीले पनि त्यत्तिकै माया गर्छन बाबु आमालाई । तर, किन हो उनीहरुका आमा मेरी जीवन संगीनीले त्यो माया बुझन सकिनन् । सात समुद्र पारी बसेर पैठेजोरी खेलेर कमाएको धन र स–साना नाबालक छोराछोरीलाई जिउदै टुहुरो बनाएर अनि म प्रदेशीको मनलाई विक्षिप्त बनाउदै अनि परिवारको इज्जतमाथि दाग लगाउँदै पराइको अंगालोमा बाधिन पुगिन् ।

 म, छोराछोरी सँग केहि समय विताएर पुनः प्रवासमै फर्के । आखिर जीवन यस्तै रहेछ । सायद सोँचे जस्तो भइदिने भए संसारमा कसैले पनि दुःख र विक्षिप्त मन लिएर बाच्नुपर्ने थिएन होला । उनले गरेको यस्तो गल्तिले सायद उनको मनले पनि सन्तोष पाएको होला भन्ने मलाइ लाग्दैन । आवेसमा आएर गरेको गल्तिले पछुतो सिवाय अरु केहि दिदैन मान्छेलाई । आज मन धेरै टुटेको छ । म, सधै सोच्थे, नारी महान हुन्छन् । उनी पनि कुनै नारीको कोखबाट जन्म लिएर कसैको छोरी, कसैको श्रीमती, कसैको बुहारी र फेरि साइकल जस्तै जीवनमा आफू पनि आमा बनेर छोराछोरीको लागि रातोदिन नभनेर आफूले नखाएर खुवाउछीन, आफूले नलाएर पनि छोराछोरीको लाज ढाकिदिन्छन उनी महान आमा बन्छीन् । तर, मलाई उनै नारी प्रति घृणा जागेर आएको छ जसले आमा बनेर आफ्नो भूमिका र कर्तव्य पुरा गरेर छोराछोरीलाई सफल जीवनको गोरेटोमा डो¥याउने समयमा, आफ्नो कर्तव्य र जिम्मेवारबाट विमुख भएर खोइ के नपुगेर हो अर्कैको अंगालोमा बाधिइन पुगिइन यी बालबच्चालाई जिउँदै टुहुरा बनाएर ।

सायद समयको नियति नै होला भन्छु म, उनले जीवनभरी साथ दिन्छु भनेर मेरो जीवनमा एउटा डरलाग्दो सुनामी ल्याइदिएर गइन । मेरो जीवनरुपी यात्रालाई अग्लो पहाडको फेदमा रहेको चट्टानमा ठोक्काउदै मनमा रहेका अनगिन्ती सुखका कल्पनाको भण्डारलाई समुद्रको गहिराइभित्र डुबाइदिएर गइन । जहाँबाट म आफैलाई निकाल्ने कोसिस गरिरहेको छु किनारमा आउन सकिरहेको छैन । तर, पनि समय र परिस्थतिको यो बाध्यतालाई बुझेर मन बलियो बनाएको छु ती नाबालकको भविष्य उज्वल बनाउने पथमा लागिरहेको छु । प्रवासमा पसिना बगाइरहेको छु । सोच्छु, नारी कति राम्रो शब्द अनि कति महान छ । नेपाली नारी जनककी छोरी सीता, भृकुटी र यस्तै यस्तै । मैलै पनि उनलाई कुनै सीता र भृकुटी भन्दा कम सोँचेको थिएन । तर, अहिले आफैलाई लाज अनि घृणा लागेर आउँछ आफ्नै विस्वास र मायाप्रति ।

हुन त, श्रीमान दशौंबर्ष सम्म घर नफर्के पनि आफ्नो परिवार र छोराछोरीको भविस्य सम्झेर त्यसैमा आफूलाई हराएर सेवामा लिन भएको कयौं नारीहरू आफ्ना श्रीमानलाई पर्खेर बसेको पनि मैले त्यहि समाजमा पाएको छु । मात्र मेरो जीवनमा उनले देखाएको निष्ठुरी पन अनि निच व्यवहार भएकी एउटी महिला अनि मेरी पुर्व जीवनसाथीको बारेमा मात्र भन खोजको हुँ । जसले मैले रगत र पसिना बगाएर पठाएको रेमिट्यान्सको सहि सदुपयोग नगरी अर्कैलाई पोसेर ती छोराछोरीको बिचल्ली बनाएकी थिईन ।

 आज मेरो मात्र होइन की उनलाई जन्म दिएका बाबुआमालाई समेत शिर ठाडो बनाएर हिड्न सक्ने अबस्था छैन । समाजमा बेइज्जतको गहु्रङगो भारी बोकेर हिड्नु परेको छ उहाँहरुलाई पनि । यी निर्दोष नाबालक र आफूलाई जन्मदिने बाबु आमाको आँसुले उसलाई पनि पक्कै सुखको र सन्तोषको बाटो दिने छैन् । मेरो हृदयमा उनले लगाइदिएको डडेलोले म जलेर खरानी भएपनि मेरो शरिरको सम्पूर्ण नसालाई गलाइदिएपनि आज मेरा प्यारा छोराछोरीहरु नै मेरो सहारा र मेरो भविष्यको जिउने आधार मानेको छु मैले । हुन त म माथि घटेको यो घटना नौलो होइन । म जस्तै धेरै प्रवासी साथीहरू यस्तो घटनाले पीडित बन्नु भएको छ ।

मेरो कथा त यहाँ एउटा उदाहरण मात्र बनेर देखिएको हो प्रवासी नेपालीहरुका बीच । त्यसैले देशको गरिवी र बाध्यताले भित्राएको प्रवास र प्रवासमा बसेर बगाएको पसिना र रगतको विश्वास र रेमिट्यान्सलाई मैेले मानेको जीवनसाथीले जस्तै कसैका जीवनसाथीले यस्तो नगरुन भन्ने सन्देश  दिन चाहान्छु । यहाँ सुख र आनन्द होइन की प्रत्येक पल परिवारको सम्झनामा मृत्युसँग पैठेजोरी खेल्दै कमाएको धनलाई दुरुपयोग गरेर पारिवारीक जीवन नै तहस नहस नपारिदिनु हुन सबैलाई अनुरोध गर्दछु ।

वि.सं.२०७३ माघ १५ शनिवार १०:४० मा प्रकाशित

NLIC AD
NABIL bank AD