१७ फागुन, काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।
बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका अनुसार आज (सोमबार फागुन १७ गते, फेब्रअरी २९) को बजारमा अमेरिकी डलर १ को खरिददर ११७ रुपैयाँ २५ पैसा र विक्रिदर ११७ रुपैयाँ ८५ पैसा रहेको छ । डलरको भाउ आइतरबारकै मूल्यमा कारोबार भइरहेको छ ।
त्यसैगरी आज युरो १ को खरिददर १४१ रुपैयाँ ५९ पैसा र विक्रिदर १४२ रुपैयाँ ३२ पैसा रहेको छ । आइतबारको तुलनामा आज युरोको भाउ केही पैसाले घटेको हो ।
त्यस्तै युके पाउण्ड १ को खरिददर १६३ रुपैयाँ ३८ पैसा र विक्रिदर १६४ रुपैयाँ २२ पैसा रहेको छ । आइतबारको तुलनामा आज पाउण्डको भाउमा पनि केही पैसाले गिरावट आएको छ ।
यस्तो छ अन्य मुद्राको विवरण
आजको बजारमा विदेशी मुद्राको भाउ, हेर्नुहोस् कुन घट्यो कुन बढ्यो त ?
वि.सं.२०७७ फागुन १७ सोमवार ०८:३५ मा प्रकाशित





























