१९ फागुन, काठमाडौं । लोकसेवा आयोगले २०७७ असोज २८ मा प्रकाशन भइ हाल स्थगनमा रहेका नेपाल ईञ्जिनियरिङ्ग सेवाका विभिन्न समूहहरुमा दरखास्त दिन आह्वान गरेको छ ।
आयोगको निर्णयअनुसार रा.प. प्रथम श्रेणी तथा नेपाल शिक्षा सेवा, शिक्षा प्रशासन समूह, रा.प द्वितीय श्रेणीका बढुवा सूचना एवम आ.प्र., खुल्ला र समावेशी तर्फका पदहरुको विज्ञापनहरुमा फागुन ७ गते बाट देहायको अवधि तोकी दरखास्त लिन सुचारु गरिएको छ ।
आयोगले दरखास्त सम्बन्धी अन्य सर्तहरु पूर्व प्रकाशित सूचनामा उल्लेख भए बमोजिम हुने तथा तोकिएको अवधि भित्र पूर्व निर्धारित विधिबाट दरखास्त दिन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरेको छ ।
वि.सं.२०७७ फागुन १९ बुधवार १३:४६ मा प्रकाशित



























