१९ फागुन, काठमाडौँ । निरन्तर रुपमा घटबड भईरहेको सुनको मूल्यमा बुधबारको बजारमा वृद्धि भएको छ । मङ्गलबार रु एक हजार सात सयले घटेको सुनको मूल्य आजको बजारमा भने प्रतितोला रु ५०० ले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आजको बजारमा छापावाला सुन ८७ हजार ५०० रुपैँया रहेको छ भने तेजाबी सुन ८७ हजार ५० रुपैँया रहेको छ। साथै चाँदी प्रतितोला रु २५ रुपैँयाले बढेर एक हजार ३१५ रुपैँयामा कारोवार भईरहेको छ ।
वि.सं.२०७७ फागुन १९ बुधवार १३:५४ मा प्रकाशित






























