back
CTIZAN AD

ज्योति लाइफ इन्स्योरेन्सको आईपीओ निष्कासन मिति परिर्वतन

वि.सं.२०७७ फागुन १९ बुधवार

636 

shares

१९ फागुन, काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्सको यस अघि फागुन २३ गते सर्वसाधारणका लागि जारी गर्ने भनिएको प्राथमिक शेयर (आईपीओ) निष्कासनको मिति परिर्वतन भएको छ ।

अब भने उक्त कम्पनीको मिति परिवर्तन गरी फागुन २१ गते शुक्रबारदेखि नै आईपीओ निष्कासन गर्ने भएको हो ।

सीडीएस एन्ड क्लियरिङ लिमिटेडको आग्रहमा आइपीओ निष्कासन मिति परिवर्तन भई दुई दिन अगाडि सारिएको कम्पनि जनाएको छ । कम्पनीले प्रतिकित्ता सय रुपैयाँ अंकित मूल्यमा ६६ करोड रुपैयाँ बराबरको ६६ लाख कित्ता सेयर साधारण सेयर निष्कासन गर्न लागेको हो ।

कुल सेयरमध्ये ५ प्रतिशत अर्थात ३० लाख ३० हजार सामूहिक लगानी कोषका लागि र ५ प्रतिशत अर्थात ३ लाख ३० हजार कित्ता नै कर्मचारीको लागि सुरक्षित गरेर बाँकी रहेको ५९ लाख ४० हजार कित्ता सर्वसाधारणका लागि बिक्री खुला गर्न लागेको हो ।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि ६६ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । आईपीओ निष्काशन तथा बिक्री प्रवन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।

वि.सं.२०७७ फागुन १९ बुधवार १४:२६ मा प्रकाशित

नेप्से परिसूचक १४ अङ्कले बढ्यो

नेप्से परिसूचक १४ अङ्कले बढ्यो

काठमाडौँ ।  धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

काठमाडौँ । धितोपत्र बजारका शेयर कारोबार मापक नेप्से परिसूचक आज...

नेप्सेमा ८.५० अंकको गिरावट, २ अर्ब ८३ करोडमाथिको कारोबार

नेप्सेमा ८.५० अंकको गिरावट, २ अर्ब ८३ करोडमाथिको कारोबार

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार १४.४५ अंकले...