back
CTIZAN AD

प्रधानमन्त्रीसँग काँग्रेस प्रवक्ता शर्माकाे सवाल, हतियार बुझाउने चौंथो बुँदा खोइ ?

वि.सं.२०७७ फागुन २१ शुक्रवार

771 

shares

२१ फागुन, काठमाडौँ । नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलिसँग सवाल गरेका छन्र । उनले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसँग हतियार बुझाउने सहमति किन नगरिएको भन्दै प्रश्न गरेका हुन् ।

तत्कालिन माओवादी जनयुद्धका नेता पुष्पकमल दाहाल प्रचण्ड शान्तिवार्तामा आउँदा पुरै हतियार नबुझाएको कुरालाई व्यङ्गात्मक शैलीमा उल्लेख गर्दै उनले विप्वलसँगकाे वार्तामा ‘राज्यलाई हतियार बुझाउने भनि चौंथो बुँदा’ किन उल्लेख नगरिएको भन्दै सवाल गरेका हुन् ।
सामाजिक सञ्जाल टिव्टरमा टिव्ट गर्दै उनले ‘सिंगो देश यो गम्भिर प्रश्नको जवाफ चाहेको’ बताएका छन् ।

‘प्रचण्ड आउँदा ‘खोलाले बगायो’ थोरै हतियार, विप्लव आउँदा पुरै ? राज्यलाई हतियार बुझाउने चौथो बुंदा खोइ ?
सिंगो देश चाहन्छ यो गम्भीर प्रश्नको जवाफ !’ उनले लेखेका छन् ।

नेता विप्लव सार्वजनिक आजको कार्यक्रममा सरकार–विप्लव समूहबीच तीन बुँदा सहमति भएको छ । सहमतिमा सरकारका तर्फबाट विभिन्न प्रतिबद्धता आएपनि विद्रोही समूहबाट हतियार बुझाउने भन्ने सम्झौतामा उल्लेख भएको छैन ।

यस्तो छ सरकार र विप्लव नेकपाबीच भएको तीन बुँदे सहमती

वि.सं.२०७७ फागुन २१ शुक्रवार १६:५७ मा प्रकाशित

आजको मौसम विवरण : विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना

आजको मौसम विवरण : विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका...

यस्तो छ आजको बजारमा विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजको बजारमा विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि विदेशी मुद्राको...

आज आदिकवि भानुभक्तको २१३ औँ जन्मजयन्ती विविधि कार्यक्रम गरी मनाइँदै

आज आदिकवि भानुभक्तको २१३ औँ जन्मजयन्ती विविधि कार्यक्रम गरी मनाइँदै

काठमाडौँ । आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती आज देश तथा...

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

काठमाडौं । अभिनेता तथा निर्देशक दीपकराज गिरीले अभिनेत्री तथा निर्देशक...