२२ फागुन, काठमाडौं । पछिल्लो २४ घण्टामा देशैभरी ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशैभरी गरिएको ३ हजार ५३५ नमुना परीक्षणमा ४७ जनामा संक्रमण पुष्टि भएको हो ।
संक्रमित हुनेमा महिला १४ र पुरुष ३३ जना रहेका छन् । आज थपिएका जनासँगै नेपालमा कोरोना संक्रमितको कूलसंख्या २ लाख ७४ हजार ३४१ पुगेको छ ।
त्यसैगरी आज देशैभरी ६२ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका ६२ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको कूलसंख्या २ लाख ७० हजार ८२८ पुगेको छ । निको हुनेको यो दर ९८.६ प्रतिशत हो ।
त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट निधन हुनेको संख्या शून्य रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म नेपालमा संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३ हजार १० पुगेको छ ।
त्यसैगरी देशैभरीका विभिन्न क्वारेन्टिनमा रहनेको संख्या ५५ रहेको छ ।
मन्त्रालयका अनुसार हालसम्म विभिन्न संस्थागत आइसोलेशन तथा होम आइसोलेशनमा रहेका सक्रिय संक्रमितको संख्या ८१७ रहेको छ ।
त्यसैगरी हालसम्म पिसिआर प्रविधिबाट २१ लाख ८८ हजार ७२५ नमुना परीक्षण गरिएको छ ।
आज देशैभरी १२० जनामा कोरोना संक्रमण, ८३ जना संक्रमणबाट मुक्त
वि.सं.२०७७ फागुन २२ शनिवार १७:५६ मा प्रकाशित






























