२२ फागुन । सैनिक शासन चाहियो भन्दै एक राजावादीले राजधानी काठमाडौंमा पाँचायन पुजा गरेका छन् ।
राजसंस्थाको पक्षमा वकालत गर्दै आएका बर्दिया गुलरिया वडा नम्बर-५ हाल जिल्ला मकवानपुर, हेटौंडा उपमहानगरपालिका वडा नम्बर -२ बस्ने राकेश कुमार शर्माले काठमाडौंको माइतीघर मण्डलामा ‘अब तत्काल मुलुकमा सैनिक शासन चाहियो’ भनी दियो, कलश र गणेश राखेर पाँचायन पुजा गरेका हुन् ।
‘राजनीतिक दलहरूका नेताहरूले मुलुकमा सहि पद्धति विकासको निर्माण गर्न सकेनन । पाँच वर्षका लागि नेपाल कम्युनिस्ट पार्टीका नेताहरूले सत्ता लिप्साको स्वार्थ मोह र सुख सुविधा बिलासीता जीवनलाई त्याग गरि सहि पद्धति बसाली दिएको भए देखासिकीले मुलुकमा सहि पद्धति लागु हुन्थ्यो नेपाली नागरिकहरुको दुर्भाग्य भन्नुपर्ने हुन्छ मुलुकमा अब कहिले पनि सहि पद्धति विकासको निर्माण नहुने परिस्थिति देखियो । यसकारण मुलुकमा अब तत्काल सैनिक शासन चाहिएको छ । सेना आउ देश बचाउ । सेना आउ देशलाई निकास देउ । सेना आउ देश बचाउ भन्दै पुजा गरेको’ शर्माले बताए ।
‘राजनीतिक दलहरूका नेताहरूको असमझदारीले पौष ०५ गते संसद विघटन पश्चात मुलुकमा राजनीतिक दलहरुका नेताहरू मुलुक हाँक्न निरन्तर पुर्ण रूपमा असफल भइसकेका छन । राजनीतिक दलहरूका नेताहरूले मुलुकमा सहि पद्धति बसाल्न सकेनन र मुलुकले आजसम्म निकास पाउन सकेन । दलीय व्यवस्था उत्कृष्ट व्यवस्था हो तर पटकपटक को संसद विघटनले हाम्रो मुलुकमा दलीय व्यवस्था अफाब सिद्ध भएको छ’ भन्दै उनले मुलुकमा अब तत्काल सैनिक शासनको आवश्यकता परेको छ भनी दियो, कलश र गणेश राखेर शर्माले पाँचायन पुजा गरेका हुन् । पाँचायन पुजा पण्डित उमानन्द भट्टराईले गराएका छन ।
माओवादी, काँग्रेस र कम्युनिस्टका प्रधानमन्त्री, मन्त्रीहरू, ६०१ सभासदहरु, ८८४ सांसदहरू र राजनीतिक दलहरूका नेताहरूले आजसम्म मुलुकलाई निकास नदिएको, संधैभरी मुलुकमा नाटक मंच, रमिता, मनपरि गरिरहेकोे र सत्ता लिप्साको स्वार्थमा लागि परेकोले मुलुकमा सैनिक शासनको आवश्यकता भन्दै बिरगंज, काठमाडौको भद्रकाली मंदिर लगायत विभिन्न ठाउँहरुमा पुजा गर्दै हिंडने शर्माले २०७७ साल पौष ०५ गते मुलुकमा संसद विघटन पश्चात फेरि मुलुकमा सैनिक शासन लागू अर्थात सेनाहरुले नागरिक सरकार गठन गर्नुपर्छ भन्ने संदेश पाँचायन पुजा मार्फत दिएको स्पष्ट पारेका छन ।
दलीय व्यवस्था उत्कृष्ट व्यवस्था भएपनि पटक पटकको संसद विघटनले मुलुकमा दलीय व्यवस्था अफाब सिद्ध भएको छ । राजनीतिक दलहरू असफल भएको कारण नै आज दुई तिहाइको कम्युनिस्ट सरकारले संसद विघटन गर्नुपर्ने अवस्था आयो । मुलुकमा राजनीतिक दलहरूका नेताहरूले निकास दिन नसक्ने अनिर्णयको बन्दी बनाउने अब सेनाहरु अर्थात राजाले ञकुझ गरे भने सेनाहरुलाई र राजालाई दोष दिन मिल्छ ? मुलुकमा संसद विघटन पश्चात तत्काल सेनाहरुले शासन सत्ता आफ्नो अधिनमा लिनुपर्छ । शर्माले सेनाहरुलाई प्रश्न गरे मुलुकको सेना हो कि ? राजनीतिक दलहरूको सेना हो ? राजनीतिक दलहरूको नेताहरूको कारण मुलुकले निकास पाएन दुई तिहाई कम्युनिस्टको सरकारले संसद विघटन गर्नुपर्ने अवस्था आयो । मुलुकमा जताततै विकृति, बेथिति, अराजकता, ढण्डहीनता बढदै गएको र मुलुकमा लथालिङ्ग अवस्था छ । सेनाहरुले सत्ता कब्जा गर्न ढिलाइ गरेको किन ? उनले भने सेनाहरुले पहिलो नम्बरमा बुझ्नुपर्ने कुरा मुलुक भन्दा ठुलो संविधान होइन त्यस्तै मुलुक भन्दा ठुलो विधादेवी भण्डारी, के.पी. शर्मा ओली, माधव कुमार नेपाल, झलनाथ खनाल, प्रचण्ड, नारायणकाजी श्रेष्ठ, अग्नि सापकोटा, बाबुराम भट्टराई, रामचन्द्र पौडेल र शेर बहादुर देउवा लगायतका नेताहरू पनि होइन । सेनाहरुले दोस्रो नम्बरमा बुझ्नुपर्ने कुरा वीर बलबहादुर कुँवर, श्री ३ जंग बहादुर राणा, बडामहाराजधिराज पृथ्वीनारायण शाह, श्री ५ महेन्द्र शाह, एडोल्फ हिटलर र किम जोंग पनि सेनाहरु नै हुन । यसकारण मुलुकमा तत्काल सैनिक शासनको खाँचो छ ।
उनले भने राजनीतिक दलहरूको नेताहरूलाई मुलुक भन्दा ठूलो सत्ता लिप्साको स्वार्थ हावी भएको देखियो । यसकारण मुलुकमा तत्काल सैनिक शासनको खाँचो छ । राजनीतिक दलहरूका नेताहरुले आजसम्म मुलुकमा निकास नदिएको र संधैभरी मुलुकलाई अनिर्णयको बन्दी बनाई नेताहरूले प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रको नाममा राजनीतिकलाई खाने माध्यम, खाने पेसा र खाने थलो बनाइएकोले तत्काल सेना आउ देश बचाउ । तत्काल सेना आउ मुलुकलाई निकास देउ । तत्काल सेना आउ देश बचाउ भन्दै सेनाहरुलाई पुकारेका छन ।
शर्माले पर्साको बिरगंजमा २०७७ साल मंसिर १३ गते कोमामा गएको राजसंस्थाको पुनःजन्म भएको छ भनी राजसंस्थाको न्वारन समेत गरेका थिए ।
वि.सं.२०७७ फागुन २२ शनिवार २१:३५ मा प्रकाशित






























