
फागुन २३, काठमाडौं । सरकारले पेश गरेको अध्यादेशप्रति असहमति जनाउँदै प्रचण्ड–नेपाल पक्षले संसद बैठक बहिस्कार गरेको छ ।
बैठक सुरु हुनासाथ प्रचण्ड–माधव पक्षका सांसद भीम रावलले समय लिएर बैठकका कार्यसूचीप्रति आपत्ति जनाएका थिए । लगत्तै प्रचण्ड–माधव पक्षका सांसदहरुले बैठक बहिस्कार गरेका हुन् ।
आजको बैठकको कार्यसूचीमा सरकारले ल्याएको अध्यादेशहरु पेश गर्नुपर्ने कुरा समेटिएको थियो ।