back
CTIZAN AD

माओवादी केन्द्रको बैठक : सरकार र संसदबारे कांग्रेस र जसपासँग वार्ता गर्ने निर्णय

वि.सं.२०७७ फागुन २५ मंगलवार

747 

shares

फागुन २५, काठमाडौं । नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठकले सरकारका निर्माणको बारेमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टीसँग वार्ता गर्ने निर्णय गरेको छ । मंगलबार सम्पन्न माओवादी केन्द्रको बैठकले तत्कालै वार्ताको प्रक्रिया अगाडि बढाउने निर्णय गरेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

उनका अनुसार नेकपा (एमाले)सँग पनि आवश्यकताअनुसार छलफल हुने  निर्णय बैठकले गरेको छ ।

‘संसद, सरकार र राजनीतिक प्रक्रिया अगाडि बढाउने सन्दर्भमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, जनता समाजवादीसहितका पार्टीहरुसँग छलफल, परामर्श र वार्ता गर्ने निर्णय गरेको छ’, बैठकपछि सञ्चारकर्मीसँगको कुराकानीमा उनले भने, ‘त्यसो त हामी नेकपा एमालेसँग पनि आवश्यकताअनुसार वार्ताको प्रक्रिया अगाडि बढाउने छौं तर, मुख्यतः प्रमुख प्रतिपक्षी दल र जनता समाजवादीसँग छलफल गर्ने र वार्ता गर्ने निर्णय गरिएको छ ।’

उनका अनुसार कांग्रेस र जसपासँगको वार्तापछि मात्रै सरकारलाई दिएको समर्थन फिर्ता लिने वा नलिने विषयमा निर्णय हुनेछ । आजको बैठकले समर्थन फिर्ताको विषयमा निर्णय नगरेको उनले बताए ।

यसैबीच पछिल्लो अदालतको फैसलाबारे छलफल गर्न माओवादी केन्द्रले आगामी फागुन २९ गते केन्द्रीय कमिटीको बैठक पनि बोलाउने निर्णय गरेको प्रवक्ता श्रेष्ठले बताएका छन् । उनका अनुसार केन्द्रीय कमिटीको बैठक लगत्तै चैत्र १ मा बृहत कार्यकर्ता भेला पनि आयोजना गरिएको छ ।

वि.सं.२०७७ फागुन २५ मंगलवार १५:५५ मा प्रकाशित

जेन्जी अभियन्ता रक्षा वमको भावुक स्टाटस: “अलविदा गणेश, धेरै सतायो यो राज्यले, अब आराम गर”

जेन्जी अभियन्ता रक्षा वमको भावुक स्टाटस: “अलविदा गणेश, धेरै सतायो यो राज्यले, अब आराम गर”

काठमाडौं ।  जेन्जी अभियन्ता रक्षा वमले गणेशको आत्मदाह घटनापछि सामाजिक...

ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो  : प्रधानमन्त्री शाह

ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण,...

दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

काठमाडौँ । सरकारले दक्षिणपूर्वका कम्बोडिया, म्यानमार, लावस र थाइल्याण्डको सीमा...

गणेश नेपालीको मृत्युबारे गृहमन्त्री बोल्दा सांसदले झारे आँसु

गणेश नेपालीको मृत्युबारे गृहमन्त्री बोल्दा सांसदले झारे आँसु

काठमाडौँ । राहदानी विभाग अगाडि मुगुका २५ वर्षीय गणेश नेपालीले...

नेपालीको निधनको घटना विडम्बनापूर्ण : एमाले

नेपालीको निधनको घटना विडम्बनापूर्ण : एमाले

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले जलनबाट घाइते भई निधन...

रास्वपाकी सांसद रञ्जु दर्शना भन्छिन् – गणेश नेपाली प्रकरणबाट सरकारले पाठ सिक्नुपर्छ 

रास्वपाकी सांसद रञ्जु दर्शना भन्छिन् – गणेश नेपाली प्रकरणबाट सरकारले पाठ सिक्नुपर्छ 

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद रन्जु दर्शनाले...