२५ फागुन, काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ ।
संस्थाको फागुन २३ गते आइतबार दिउँसो बसेको संचालक समितिको बैठकले गरेको निर्णयानुसार गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई १२ प्रतिशत बोनस सेयर र ०.६३१५७९ प्रतिशत नगद लाभांश गरी कुल १२.६३१५७९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।
उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछी र साधारणसभाबाट पारित भएपछी वितरण गर्न सकिनेछ ।
यसप्रकार छ संस्थाले प्रकाशन गरेको सूचना :
वि.सं.२०७७ फागुन २५ मंगलवार १५:५७ मा प्रकाशित






























